नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 643 · वि.सं. २०२८

नि.नं. 643 — चोरीको बिगो दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) “यति दिनभित्र हाजिर हुनआउनु” भन्ने उल्लेख नभएको म्यादमा हाजिर नभएमा म्यादमा हाजिर नभएको भन्न नमिल्ने । यसमा प्रतिवादी कृष्णबहादुर म्यादमा हाजिर नभएकोले तारेखमा रहेको निवेदक चन्द्र बहादुरको वा.आनन्द बज्राचार्य रोहवरमा रही पेश हुन आएकोमा निर्णयतर्फ हेर्दा राप्ती अञ्चल अदालतले हद मुनी गरी छिनेको इन्साफ जाँच गर्नेबारे बक्स भइआएको ०२४।९।२५।३ को हुकुम प्रमांगीबमोजिम निवेदक चन्द्रबहादुरलाई दिएको जनाउ म्यादमा इन्साफ जाँच गरिदिनु भन्ने भन्नेसमेत हुकुम प्रमांगी र ०२४।९।३०।१ का आदेशबमोजिम सूचना दिएको छ भन्नेसम्म उल्लेख भएको यति दिनभित्र हाजिर हुनआउनु भन्ने उक्त म्यादमा उल्लेख भएको नदेखिएकोले सो जनाउ म्यादमा हाजिर नभएको भन्न नमिल्ने हुँदा म्यादमा हाजिर नभएको भनी ०२६।१०।१३।२ को डिभिजन बेञ्चले तामेलीमा राख्ने गरेको मिलेको देखिएन । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.643
मुद्दाको विषयचोरीको बिगो दिलाई पाउँ
निर्णय वर्ष / मिति2028/05/04
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 643
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्