नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6428 · वि.सं. २०५४

नि.नं. 6428 — उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरीपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निजामती सेवा निमयावली, २०५० को नियम ७४ को उपनियम २ ले संभाव्य उम्मेदवार हुन जेष्ठता गणना गरिने (असार मसान्तको हिसावले) अवधि भनी राखिएको असार मसान्तको हिसावले भन्ने कुराले शैक्षिक योग्यता पनि सोही अवधि भित्रको हुनु पर्ने भन्ने कुरा होइन । पदपूर्तिको लागि प्रकाशित सूचनामा तोकिएको म्याद भित्र वढुवाका लागि उम्मेदवारले दर्खास्त फाराम भरी दिदा प्राप्त शैक्षिक योग्यताको प्रमाण पत्रमा प्रमाणित प्रतिलिपि पनि पेश गर्नु पर्ने भएकाले त्यसवेला सम्म प्राप्त शैक्षिक योग्यतालाई वढुवाको प्रयोजनको लागि मान्यता नपाउने भन्न मिलेन । दर्खास्त पेश गर्ने मिति सम्मको समयावधीमा प्राप्त गरेको अतिरिक्त शैक्षिक योग्यता एम.एस्सीको अंक नपाउने भन्नलाई उल्लेखित कानूनी व्यवस्था र यस अदालतबाट २०५२ सालको रिट नं ३००५ को उत्प्रेषण मुद्दाको २०५३।५।११ मा भएको निर्णय आदेशबाट प्रतिपादीत सिद्धान्तबाट पनि मिल्ने देखिएन । तर यस वापत पाउने अंक दिदा पनि निवेदकले वढुवा पाउने भन्ने कुरालाई मद्दत गर्ने स्थिति सम्वन्धित वढुवा फायलको अध्ययनबाट देखिदैन । नि.से. नियमावली, २०५० नियम ८० (१) को खण्ड (ङ) वमोजिमको भौगोलिक क्षेत्रमा काम गरे वापतको अंक पाउनु पर्ने भन्ने कुरा छ सो सम्वन्धमा अध्ययन विदामा रहेको अवस्थामा उल्लेखित कानूनी व्यवस्था वमोजिमको अंक पाउने कानूनी व्यवस्था रहेको देखिदैन । जहाँसम्म डडेल्धुरामा ३ महिना २९ दिन काम गरे वापत भौगोलिक क्षेत्रमा काम गरेको अंक दिइएन भन्ने कुरा छ नि.से.नियमावली, २०५० को नियम ८० को उपनियम ४ ले कुनै पनि भौगोलिक क्षेत्रमा १ वर्षभन्दा कम अवधीको लागि रुजु हाजिर रहेकोमा कुनै अंक नदिइने भनी गरिएको व्यवस्थाले निवेदकले डडेल्धुरामा रुजु हाजिर रहेको अंक पाउनु पर्ने भन्ने जिकिर कानूनसँगत नदेखिने । (प्र.नं. १६) § निवेदकले कार्य सम्पादन वापतको ५० अंक नै पाउनु पर्ने भन्ने जिकिर लिनु भएको छ । निवेदकले भन्दैमा उक्त अंक पाउने होइन । अधिकार प्राप्त अधिकारीले निवेदकको कार्यसम्पादनको मूल्याङ्कन गरी दिइने अंक हो । निवेदकले यति नै पाउनु पर्दछ भनी माग गर्ने अधिकार नहुने । (प्र.नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6428
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरीपाउँ
निर्णय वर्ष / मिति2053/12/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6428
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्