नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6425 · वि.सं. २०५४
नि.नं. 6425 — करार पूरा गरि क्षतिपूर्ति पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ रकम र ठेक्का वन्दोवस्त ऐन, २०२० को दफा २५ मा कटकेन्दारले तिर्न वुझाउनु पर्ने रकम निजले नवुझाई मुल ठेकेदारले वुझाउनु परेमा आफूले वुझाए जति रकम कटकेन्दारबाट असुल उपर गराई लिन पाउने व्यवस्था रहेको देखियो । यसरी मुल ठेकेदारले उपरोक्तानुसारको रकम वुझाउन वाध्य भै कवुलियत गरेको मिति २०४७।६।२२ मा धरौटी राखेको मिति २०४७।७।८ बाट नै मुल ठेकेदारले सो रकम भराई पाउन कटकेन्दार उपर मुद्दा गर्नु पर्ने अवस्थाको सिर्जना भएको मान्नु पर्ने हुन्छ । सो मिति बाट हदम्याद भित्र वादीको सन्धिकार अदालतमा फिराद परेको देखिन्छ । यस्तो स्थिति मा २०४५ सालमा नै सो वेरुजुका सम्वन्धमा कारवाही शुरु भएकोले सो मितिमा मुद्दा गर्नु पर्ने कारण परेको र उक्त कुराको जानकारी २०४५ सालमा नै फिरादीलाई भएको भनी हदम्यादको आधारमा फिराद खारेज गर्ने गरेको शुरु पांचथर जिल्ला अदालतको फैसला वदर गरी वादीको फिराद हदम्याद भित्रको भएकोले कानून वमोजिम इन्साफ गर्न शुरु जिल्ला अदालतमा पठाउने गरी गरेको पुनरावेदन अदालत इलामको फैसला मिलेको देखिदा सदर हुने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6425 |
|---|---|
| मुद्दाको विषय | करार पूरा गरि क्षतिपूर्ति पाउँ । |
| निर्णय वर्ष / मिति | 2054/01/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6425 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
