नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6421 · वि.सं. २०५४

नि.नं. 6421 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लाश जाँच मुचुल्का र पोष्टमार्टम रिपोर्ट समेतमा उल्लेख भएको घाउ चोट र निलडाम समेतवाट प्रतिवादी ज्ञान वहादुर राईले मृतकलाई कुटपिट गरी सोही चोट पटकवाट निजको मृत्यु हुन गएको पुष्टि हुन्छ । यस अवस्थामा प्रतिवादीको अदालतमा भएको इन्कारी वायन कतैवाट पुष्टि हुन नआई प्रहरीमा भएको साविती वयान नै पुष्टि हुन आएको देखियो । अतः लास प्रकृति मुचुल्का, तत्काल वुझिएका व्यक्तिहरुको भनाई, जाहेरवालाको वकपत्र र लासजाँच प्रतिवेदन समेतका प्रमाणवाट प्रतिवादी ज्ञान वहादुरले मृतक गिताराईलाई कुटपिट गरेकै कारण निजको मृत्यु भएको देखिंदा प्रतिवादीलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय गर्ने गरेको शुरु जिल्ला अदालतको निर्णयलाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्र.नं.२४) § पुनरावेदन अदालत पाटनले मुलुकी ऐन अ.वं. १८८ नं. वमोजिम राय व्यक्त गरेको हकमा कारखानाका मैनेजर कुमार के.सी. समेतको व्यक्तिहरुले कुटपिट गर्दाको अवस्थामा संझाउन खोज्दा ढोका भित्रवाट वन्द गरी उल्टै उनीहरुलाई धाक धम्की दिई आफ्नी स्वास्नीलाई पिट्दै गरेको देखिएको यस अवस्थामा प्रतिवादीलाई सजाय कम गर्नु पर्ने कुनै अवस्था देखिन नआएकोले निजलाई ज्यान सम्वन्धिको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्म कैद हुन्छ । (प्र.नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6421
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2054/02/15
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6421
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्