नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6416 · वि.सं. २०५४
नि.नं. 6416 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मृतक चोर भएको र जाहेरवालाको घरमा फोटो चोरी गरेकोले प्रहरीलाई जिम्मा लगाउन वाँधछाद गरी सामान्य कुटपिट गरेको स्वीकार गर्ने प्रतिवादीहरुले मृतकलाई कुटपिट गर्दा ज्यान मर्लाभन्ने सम्मको अवस्थाको ख्यालै नगरी ज्यान मर्ने सम्मको कुटपीट गरेवाट प्रतिवादीहरुलाई निर्देाष मान्न मिलेन । त्यसमा पनि प्रतिवादी गंगा वहादुरले लाठीले तिघ्रामा हानेको भनी अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेको र उक्त वयानलाई अन्य सह अभियुक्तहरुको अदालतमा भएको वयानवाट पुष्टी भएको अवस्थामा प्रतिवादीहरु गंगा बहादुर पुन, मान बहादुर पुन, मैन बहादुर पुन र मनु वुढा मगरलाई अभियोगवाट सफाईदिन मिल्ने अवस्था देखिदैन । चोर हो भनी वाँधछाद कुटपिट गर्दा मृतकको मृत्यु भएको अवस्था हुँदा प्रस्तुत मुद्दाको वारदात प्रकृतिवाट ज्या.संं. को १३(३) नं. लाग्न सक्ने नभै ज्या.सं. को ५ नं. को अवस्था देखिन आउँछ भन्ने वहस जिकिर भए पनि सामुहिक कुटपिटको परिणामवाट मृत्यु भएको हुँदा भवितव्यको अवस्था नभएकोले विद्वान अधिवक्ताको उक्त वहस जिकिरसँग सहमत हुन सकिएन । तसर्थ चोरी गर्न आएको अपरिचित व्यक्ति मृतकको ज्यान मर्ला भन्ने सम्मको हेक्का नराखी प्रतिवादी गंगा वहादुर, मान वहादुर, मनु वहादुर तथा मैनु वुढा मगरले निजको शरिरमा छोडेको चोटवाट मृतकको मृत्यु भएको देखिंदा प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको महलको १३(३) नं. वमोजिम सर्वस्व सहित कैद हुने ठहराएको पुनरावेदन अदालत नेपालगन्जको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. ३८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6416 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2053/12/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6416 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
