नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6415 · वि.सं. २०५४

नि.नं. 6415 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतबाट वण्डा मुचुल्का खडा गर्ने प्रयोजनको लागि दुवै पक्षलाई विधिवत तारेख तोकिएकोमा निवेदक डोरको लागि तोकिएको ठाउँमा उपस्थित भै वण्डा छुट्याउने कार्यमा सहयोग गर्नुको साटो अनुपस्थित भै वसेको देखिन्छ । अदालतको डोर बाट १ महिना भन्दा वढी दिन लगाई अथक प्रयास पछि उक्त वण्डापत्र तयार भएको समेत देखियो । निवेदकले अदालतलाई वण्डा गर्ने कार्यमा आवश्यक सहयोग गरेको पनि देखिएन । पटक पटक निवेदन परी एक पटक जिल्ला अदालतबाट तथा अर्को पटक पुनरावेदन अदालत विराटनगरबाट पनि वण्डा मुचुल्का वदर भएको र २०५१।११।५ को प्रस्तुत विवादको वण्डा मुचुल्का कानूनको रीत पुर्याई भएको वेरीतको नदेखिएको भनी पुनरावेदन अदालत विराटनगरबाट सदर भई रहेको देखिन आयो । प्रचलित कानून वमोजिम गर्नु पर्ने कार्यवाई भई अधिकार प्राप्त अदालतबाट मूल्याङ्कन भै निर्णय भई रहेको वण्डा मुचुल्काको सम्वन्धमा रिट क्षेत्रबाट प्रमाणको औचित्य तर्फ विचार गर्न नमिल्ने एवं वण्डा छुट्याउने कार्यमा कानूनी त्रुटी परिलक्षित नहुँदा उत्प्रेषणको रिट जारी गर्नु पर्ने स्थिति नहुँदा रिट निवेदन खारेज हुने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6415
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2054/02/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6415
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्