नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6413 · वि.सं. २०५४
नि.नं. 6413 — लिखत वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ साविक कि.नं १४६ को जग्गा रोपनी २-१५-० मध्ये विपक्षी रोहिणी राज भण्डारी समेतका ६ जनालाई जम्मा ज.रो २-०-० विक्री भए पश्चात ज.रो ०-१५-० वांकी नै रहेको भै कि.न. १४०८ मा कित्ताकाट भएको देखिन्छ । सो कि.नं. १४०८ को ज.रो ०-१५-० अंश दपोट ठहरी वादी रत्न प्रसाद प्रजापतिको नाउँमा दर्ता हुने भनी पुनरावेदन अदालत पाटन समेतबाट ठहर भै अन्तिम भै वसेको देखियो । एउटै प्लटको जग्गा भध्ये ५ भागको १ भाग मेरो समेत हक लाग्ने भनी वादीको दावी छ तर कि.नं. १४६ को ज.रो. २-१५-० मध्ये ज.रो ०-१५-० वांकी नै रहेपछि त्यति जग्गाले वादीको अंश हक लाग्ने भाग पुग्ने देखिन्छ । सम्पूर्ण कित्ता विक्री भएको नभै ५ भागको १ भाग भन्दा डेढी वढी जग्गा वांकी नै रहेको र सो जग्गाको मूल्य विक्री भएको जग्गा भन्दा कम छ भनी वादीले फेरादमा दावी लिन नसकेको परिप्रेक्षमा विक्री भएको र नभएको जग्गाको मूल्य वरावर रहेछ भनी अदालतले अनुमान गर्नु पर्दछ । यसरी आफूले पाउने जग्गा भन्दा वढी जग्गा वांकी भै वादीले सो जग्गा प्राप्त समेत गरी सकेको परिप्रेक्षमा वादीको हकको जग्गा समेत विक्री भै सकेको भनी संझन नमिल्ने हुँदा वादी दावी पुग्न नसक्ने भनी शुरु भक्तपुर जिल्ला अदालतले गरेको ठहर र त्यसलाई सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6413 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर । |
| निर्णय वर्ष / मिति | 2054/04/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6413 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
