नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6406 · वि.सं. २०५४
नि.नं. 6406 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदक प्रतिवादी तुल वहादुरले विवादित कि.नं. ६४८ र ६४९ को आफ्नो मोहीयानी भएको जग्गालाई जग्गा धनी इन्द्र कुमारीको हद वढीको जग्गा भन्ने मिति २०३६।११।१० मा पाएको भन्ने लालपुर्जावाट देखिन आउँछ । मुलुकी ऐन अंश वण्डाको १८ नं. मिति २०३४।७।२७ मा शंसोधित भै सो शंसोधन भएपछि २०३६।११।१० मा मोहीको नाताले प्राप्त गरेको हुँदा निजी आर्जनको सम्पति देखिन आई पिता पुर्खाको पालाको भन्ने देखिन आउदैन । यस्तो निजी आर्जनको सम्पतिमा वण्डा गरीरहनु पर्ने अवस्था नभएवाट वण्डा गर्र्ने गरी गरेको पुनरावेदन अदालत इलामको फैसला उल्टी हुने ठहर्छ । शुरु इलाम जिल्ला अदालतको फैसला मनासिव देखिने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6406 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2054/02/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6406 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
