नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6405 · वि.सं. २०५४
नि.नं. 6405 — कुत दिलाई मोही निष्काशन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी दावी बमोजिमको जग्गाको २०४६ सालको कुत भराउने गरी भएको भूमि सुधार कार्यालय सप्तरीको निर्णय उपर प्रतिवादीको पुनरावेदन परेको देखिएन । यसरी कुत नवुझाएको कुरालाई स्वीकारै गरी प्रतिवादिले भूमि सुधार कार्यालयको निर्णयलाई मन्जूर गरी वसेकोवाट कुत नवुझाएको प्रष्ट देखिएको र भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) मा दैवी परी वाली नास भएमा वा उव्जा हुन नसकेमा वाहेक मोहीले कुत वुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्नेछ भन्ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्यमा शुरु भूमि सुधार कार्यालयको निर्णय केही उल्टी गरी मोही निष्काशन समेत हुने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिंदा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6405 |
|---|---|
| मुद्दाको विषय | कुत दिलाई मोही निष्काशन । |
| निर्णय वर्ष / मिति | 2054/02/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6405 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
