नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6404 · वि.सं. २०५४
नि.नं. 6404 — वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विद्वान कानून व्यवसायीहरुको वहस जिकिर समेत सुनी मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गरी हेर्दा यस्मा तारेखमा राखिएका प्रतिवादी डल्ली भन्ने दुर्गादेवी ढकाल समेतका अन्य प्रतिवादीहरुको तथ्य अवस्था र प्रमाणहरु समान रहेकोमा निवेदकहरुलाई थुनामा राख्ने गरी गरेको आदेश भेदभावपूर्ण भै त्रुटीयुक्त हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको निवेदकको मुख्य निवेदन जिकिर देखिन्छ । शुरु सुनसरी जिल्ला अदालतले यी निवेदकहरु समेतलाई पुर्पक्षको लागि थुनामा राखी कार्यवाही गर्ने गरेको आदेश उपर प्रतिवादीहरु हिरण्य प्रसाद दाहाल, सीता दाहाल, डल्ली भन्ने दुर्गा देवी ढकालका हकमा विष्णु प्रसाद दुलालले जाहेरीमा शंकासम्म देखाएको, निजहरु प्रहरी र अदालतमा कसुर गरेमा इन्कार रहेको, चश्मदिद गवाह कोही नभएको भन्ने समेतका आधारमा निजहरुलाई पुर्पक्षको लागि तारेखमा राख्ने र यी निवेदकहरुको हकमा कालि प्रसाद खनाल र तीर्थ कुमारी खनाल कसुरमा इन्कार रहेकोमा पनि मृतकसँग झै झगडा रीसइवी भै राखेको भन्ने देखिनुका साथै मिसिल संलग्न अन्य प्रमाणबाट समेत अ.वं. ११८ को देहाय २ को अवस्था विद्यमान छैन भन्न सकिने अवस्था नदेखिंदा निजहरुको हकमा तहांको मिति २०५३।४।३२ को आदेशमा कुनै परिवर्तन गर्न परेन कानून वमोजिम गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको आदेश वमोजिम निवेदकहरु थुनामै रहेको भन्ने देखिन आउँछ । प्रहरी समक्ष कागज गर्ने कृष्ण प्रसाद ढकालले प्रतिवादी हिरण्य प्रसादले वन्द वोरा नाम्लो लगाई वोकेको अरु प्रतिवादी पछि पछि हिडेको भनी लेखाई दिएको देखिन्छ । यी निवेदकहरु समेतका अन्य प्रतिवादीहरु समेत प्रहरी र अदालतमा वयान गर्दा मृतक राधा देवीलाई मारी झूण्ड्याएमा पूर्ण इन्कार रहेको जाहेरवाला विष्णु प्रसादको जाहेरी दरखास्तको व्यहोरा वाहेक यी निवेदकहरुको विरुद्धमा प्रमाण लाग्ने अन्य परिस्थितिजन्य पृथक प्रमाण मिसिल संलग्न रहेको पाइदैन । ने.का.प. २०५२, पृ.४७८ मा प्रतिपादन भएको समान स्थिति र तथ्य रहेको वीचमा समान व्यवहार गर्नु पर्ने भन्ने यस अदालतबाट प्रतिपादित सिद्धान्तसँग असहमत हुनु पर्ने अवस्था नदेखिंने । (प्र.नं. १४) § माथि गरिएको विवेचनाबाट उही तथ्य र स्थिति रहेका अन्य प्रतिवादीहरुलाई तारेखमा राख्ने यी निवेदकहरुको हकमा पुर्पक्षको लागि अ.वं. ११८ को देहाय (२) वमोजिम थुनामै राख्ने भनी सुनसरी जिल्ला अदालतले मिति २०५३।४।३२ मा गरेको आदेश केही वदर केही सदर गर्ने गरी गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५३।८।७ को आदेश नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ द्वारा प्रत्याभूत गरिएको समानताको सिद्धान्तको विपरित देखिने । (प्र.नं. १५) § वारदातमा समान तथ्य र परिस्थिति भएको तथा समान संलग्नता भएका प्रतिवादीहरुलाई समान रुपमा तारेखमा राख्नु पर्नेमा निवेदकहरुलाई थुनामा राख्ने शुरु सदर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५३।८।७ को आदेश त्रुटीपूर्ण देखिंदा उक्त आदेश वदर गरी वन्दीप्रत्यक्षीकरणको आदेश जारी भै पछि ठहरे वमोजिम हुने गरी निवेदकहरुलाई समेत तारेखमा राखी पुर्पक्ष गर्नु भनी सुनसरी जिल्ला अदालतमा लेखी पठाई दिने ठहर गरेको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय मुनासिव देखिदा सो राय सदर हुने । (प्र.नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6404 |
|---|---|
| मुद्दाको विषय | वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2054/05/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा | माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय मुनासिव देखिदा सो राय सदर हुने । | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको र तारेखमा छुटेको भन्दा निवेदक प्रतिवादीहरुले कसुर गरेको भन्न सकिने थप प्रमाण मिसिल रहे भएको देखिएकोले ती तारिखमा छुटेको प्रतिवादीहरु र निवेदक प्रतिवादीहरु समान अवस्थाका हुन भन्न सकिएन | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वाको राय सहितको यस अदालत संयुक्त इजलासको मिति ०५४।१।३०।२ को आदेश । | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको प्रस्तुत गर्नु भएको वहस जिकिर समेत सुनियो । | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय मुनासिव देखिदा सो राय सदर हुने ठहर्छ । निवेदन माग बमोजिम बन्दीप्रत्यक्षिकरणको आदेश जारी हुने ठर्हछ । निवेदकहरुलाई तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नु भनी आदेशको प्रतिलिपी समेत साथै राखी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6404 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
