नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6401 · वि.सं. २०५४

नि.नं. 6401 — लिखत वदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ हजुरवुवा जगन्नाथले आफ्नी छोरी माया सेढाइलाई ०४१।२।३ मा हालैको वकसपत्र गरी दिएको पिता राम प्रसाद परलोक हुनु भएको निजको आधा सम्पत्तिमा हक लाग्नेमा जेठी दिदी राधा देवीको विवाह भएको म अविवाहिता हुँदा आधी लिखत वदर गरी पाउँ भन्ने वादी र अपुतालीको २ नं. ले विपक्षीलाई हकाधिकार प्राप्त भए पनि वादीको वावुले पाउने अंश हक सम्ममा वादीलाई हकदैया प्राप्त हुने हो । विपक्षीको २ दिदी वहिनी मध्ये दिदी राधा देवीको विवाह भइसकेको छ । वादी छोराकी छोरी हुन निजको जन्म २०३३।६।१७ मा भएको हो । फिराद खारेज हुनु पर्दछ भन्ने प्रतिवादी भई विवाद परेको देखिन्छ । § फिराद गर्दा वादीले १६ वर्षकी हुँ भनी उमेर उल्लेख गरेको र प्रतिउत्तर जिकिरबाट ०३३।६।१७ मा जन्म भएको भन्ने हिसावबाट १५ वर्षको उमेर नाघी १६ वर्षको देखिनाले समेत वादीले नालेश गर्न नपाउने अवस्था देखिदैन । प्रतिवादी जगन्नाथ र निजको छोरा राम प्रसाद भई निज राम प्रसादकी छोरी वादी भएकी र राम प्रसाद परलोक भई सकेको तथ्यमा विवाद छैन । वावु छोरा भएकोमा अंशवण्डाको १ नं. ले आफ्नो आधी अंश लाग्ने र अपुताली पर्दा छोरा नभए छोरीले अपुताली पाउनेमा कन्या छोरीले दुई खण्ड र विवाह भएकी छोरीले एक खण्ड पाउने गरी अपुतालीको २ नं. ले कानूनी व्यवस्था गरेको समेत देखिन्छ । यसबाट वावु राम प्रसाद परलोक भएपछि निजको अपुतालीमा वादीको हक लाग्ने नै देखियो । विवादीत सम्पत्ति २०११ सालमा वकस पाई प्रतिवादी जगन्नाथको हक भएको भन्ने प्रतिउत्तर जिकिर देखिन्छ । स्व. राम प्रसाद र जगन्नाथको वीच रीत पूर्वकको वण्डा नभएको २०३४।९।२७ पूर्व तत्काल प्रचलित मुलुकी ऐन अंशवण्डाको १८ नं. ले सगोलको अंशियारले जुनसुकै व्यहोराबाट प्राप्त गरे पनि एकलौटी हुने अवस्था रहे भएको नदेखिने र वादीले विवाह भएकी छोरी राधा देवी भएको भन्ने कुरा फिरादमा उल्लेख गरेको र निजको हकमा यो नालेश परेको समेत नदेखिदा स्व. राम प्रसादको हक लाग्ने आधीमा ३ खण्डको २ खण्डमा मात्र वादीको हक लाग्ने हुनाले विवादीत लिखतमा वादीको हक लाग्ने जति ३ खण्डको २ खण्ड लिखत वदर हुने ठहर्छ । आधि लिखत वदर हुने ठहर्‍याएको पुनरावेदन अदालत ललितपुरको इन्साफ सो हदसम्म नमिलेकोले केही उल्टी हुने । (प्र.नं. ११ र १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6401
मुद्दाको विषयलिखत वदर ।
निर्णय वर्ष / मिति2054/06/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6401
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्