नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 640 · वि.सं. २०२८
नि.नं. 640 — धर्मपुत्र बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कस्तो अवस्थामा हु.प्र. बमोजिम मुद्दा दोहरीन नसक्ने ? : मुद्दा दोहर्याई दिने भन्ने हु.प्र. बमोजिम बेञ्चमा पेशगर्न निवेदकको नाउँमा जारी भएको गुज्रेको म्याद हु.प्र.बाट थामीएकोमा समेत हाजिर नभएमा मुद्दा दोहर्याई दिनु भन्ने उक्त हु.प्र.बमोजिम गर्न नपर्ने । उक्त मुद्दा दोहर्याई दिनु भन्ने वक्स भइ आएको हुकुम प्रमांगी बमोजिम गर्न दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने ०२६।१०।१४ को तत्कालिन प्रधान न्यायाधीशज्यूको आदेशानुसार निवेदकहरूको नाउँमा जारी भई गएको ७ दिने म्याद ०२७।५।१।२ तामेल भएको म्याद हाजिर नभई गुजारेको सो गुजारेको म्याद थामीपाउँ भनी निज निवेदकहरूले दिएको निवेदनमा बक्स भई आएको हु.प्र.बमोजिम ०२७।७।२१ मा म्याद थामिएकोमा समेत हाजिर नभई लाग्ने कोर्टफी दाखिल गरी कारवाई गराई माग्न नआई गुजारी बसेको देखिएको र उक्त तामेल भएको निवेदकहरूको नाउँको म्यादसमेत रीतपुर्वक तामेल भएको देखिनालेसमेत अब प्रस्तुत मुद्दा दोहर्याई दिनु भन्ने वक्स भइआएका हुकुम प्रमांगीबमोजिम अरू केही कारवाई गर्नु परेन । (प्रकरण नं. १)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 640 |
|---|---|
| मुद्दाको विषय | धर्मपुत्र बदर |
| निर्णय वर्ष / मिति | 2028/03/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 640 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
