नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6386 · वि.सं. २०५४

नि.नं. 6386 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को अनुसुचि १ मा उल्लेखित फौज्दारी अपराधका सम्वन्धमा समेत प्राप्त सूचना वा परेको जाहेरीका सम्वन्धमा आवश्यक अनूंसन्धान तहकिकात गरी संकलित सवुद प्रमाण सहितको मिसिल कागजात नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११० र सरकारी मुद्दा सम्वन्धी ऐन २०४९ को दफा १७ वमोजिम श्री ५ को सरकारको तर्फवाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार प्राप्त सरकारी वकिल कहां पठाई भएका निर्णय वमोजिम हुने भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उक्त विद्यमान कानूनी व्यवस्था अनुरुप निवेदनमा उल्लेखित वारदातका सम्वन्धमा समेत परेको जाहेरीवाट अनुसन्धान तहकीकात भै संकलित सवुद प्रमाणवाट देखिन आएका अभियुक्त उपर सवारीले किची मरेको ज्यान मुद्दा सम्वन्धित अदालतमा दायर भै कारवाहीयुक्त अवस्थामा रहेको भन्ने निवेदन लेखवाटै देखिन आउँछ । यसरी श्री ५ को सरकारको तर्फवाट कुनै अदालत वा न्यायिक निकाय समक्ष मुद्दा चलाउने वा नचलाउने भन्ने सम्वन्धमा अन्तिम निर्णय गर्न पाउने हकाधिकार भएको अधिकारीको निर्णयबाट सम्वन्धित अदालतमा मौकैमा दायर भै विचाराधीन रहेको उल्लेखित सवारी ज्यान मुद्दाका सम्वन्धमा हाल मात्र रिट क्षेत्रवाट प्रवेश गरी आएकोले प्रस्तुत निवेदनवाट विचार गरी सो मुद्दा त्रुटिपूर्ण वा अपर्याप्त भएको भनी यो यस्तो अपराधमा अमुक ऐन अन्तर्गत दावा लिई यो यस्तो मुद्दा दायर गर्नु भन्न कानूनतः मिल्ने अवस्था नदेखिने । (प्र.नं. ५) § वारदातका सम्वन्धमा मुद्दा दायर भै अदालतको विचारधीन रहेको स्थितिमा यस अदालतको असाधारण क्षेत्र गुहारी आएको प्रस्तुत निवेदनमा विपक्षीहरुले यो यस्तो गैरकानूनी कारवाही गरेको वा कानून वमोजिम गर्नु पर्ने यो यस्तो कार्य नगरेकोले निवेदकहरुको कानूनद्वारा प्रत्याभूत यो यस्तो हक अधिकारमा आघात वा असर पुग्न गएको भनी वस्तुनिष्ट आधार खुलार्ई भन्न लेख्न सकेको समेत नदेखिएवाट विपक्षीहरुसँग लिखित जवाफ मागी रहनु पर्ने अवस्था सम्म विद्यमान रहेको नदेखिंदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6386
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2053/07/14
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6386
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्