नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6384 · वि.सं. २०५४
नि.नं. 6384 — निर्णय दर्ता वदर हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नापी गोश्वाराको निर्णय अनुसार जिल्ला अदालतमा नालेश गर्न नपर्ने कानूनी आधार वादीले खुलाउन सकेको पाइदैन । उक्त नापी गोश्वाराको निर्णयवाट वादी दावीको जग्गा श्री ५ को सरकारले अपहरण गरेको वा नोक्सान पारेको नभै कानूनले निर्णय गर्न पाउने अधिकार प्राप्त नापी टोलीवाट निर्णय भएको देखिनाले फिराद दावी अनुसार नागरिक अधिकार ऐन २०१२ को दफा ९ र १८ अन्तर्गत प्रस्तुत नालेश पर्न नसक्ने । (प्र.नं. ९) § कानूनले अधिकार क्षेत्र प्रदान नगरेको अदालतवाट हेरे छिनेकोलार्ई कानूनले मान्यता दिन नमिल्ने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6384 |
|---|---|
| मुद्दाको विषय | निर्णय दर्ता वदर हक कायम |
| निर्णय वर्ष / मिति | 2053/07/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्र राज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6384 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
