नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6383 · वि.सं. २०५४
नि.नं. 6383 — अंश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
· मिति २०३९।२।२५ को लिखतको कैफियत व्यहोरामा केही उल्लेख भएको नदेखिएको तर उक्त लिखतमा साक्षी वसेका मिठू जसगढको नाम थर, वतन लेखि पछाडि यो रकम दाइजोको हो भनी जनिएको भएवाट दाइजोकै रहेछ कित भन्नलाई मुलतः घर जग्गा खरिद गर्ने मुख्य व्यक्ति आयसा जसगढनी स्वयंले सो कुराको स्पष्ट जिकीर समेत लिन नसकेको अवस्थामा साक्षीको नाम थर वतन पछाडि लेखिएको त्यस्तो व्यहोरा साक्षीलार्ई आधार मान्न मिल्ने स्थिति देखिन नआउने । (प्र.नं. १५ ) § लिखतमा दाइजोको रकमवाट खरिद भएको भन्ने स्पष्ट उल्लेख भएकै अवस्थामा पनि सो साक्षीको उक्त व्यहोराकै आधारमा मात्र दाइजोकै सम्पत्ति रहेछ भनी मान्न मिल्ने देखिन नआउने । (प्र.नं.१५) § वस्तुतः दाइजोको सम्पत्ति हो भनी जिकिर लिने व्यक्तिलेनै कसवाट कहिले के कति सम्पति वा रकम दाइजो पाएको हो र सोही सम्पत्ति तथा रकमवाटै उल्लिखित घर जग्गा खरिद भएको हो भनी तथ्ययुक्त प्रमाण समेत दिन सक्नु पर्ने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6383 |
|---|---|
| मुद्दाको विषय | अंश । |
| निर्णय वर्ष / मिति | 2053/09/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6383 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
