नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 636 · वि.सं. २०२८
नि.नं. 636 — जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पहिलेको भोग तिरोसमेत टुटिसकेमा–तिरो तिर्न पाउने हकको अभावमा–तिरो तिरेको रसिदलाई कानूनी मान्यता दिन नमिल्ने । ०९ सालमा खान्गी खारेज भई माल दर्ता भएपछिको हकमा पुरै जग्गाको तिरो दर्तावाला बुद्धिकुमारले नै बुझाइराखेकोमा आधी जग्गाको तिरो प्रतिवादी गोपाल सुवालले पनि दोहरा पारी बुझाई रसिद लिएको रहेछ । मैयाँ भिमा दिव्येश्वरीलाई भत्ता थामी खान्गीमा भर्ना हुन गएको ९३ सालदेखि सो खान्गीमा कायम रहेको ०८ सालसम्म वादी बुद्धिकुमारले एकलौटी बाली बुझाई तिर्जा लिएको र खान्गी खारेज भई ०९ सालमा माल दर्ता हुँदा पनि निज बुद्धिकुमारकै नाममा मात्र दर्ता हुनगएको यसस्थितिमा पहिलेको भोग तिरोसमेत टुटिसकेको प्रतिवादी गोपालले सो जग्गाको आधी तिरो तिर्न पाउने कानूनी हक नरहेको समेत हुँदा ०९ साल पछिको दोहरा पारी तिरो तिरेको रसिदलाई कानूनी मान्यता दिन मिल्ने देखिन आउँदैन । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 636 |
|---|---|
| मुद्दाको विषय | जालसाजी |
| निर्णय वर्ष / मिति | 2028/03/32 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 636 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
