नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6353 · वि.सं. २०५४

नि.नं. 6353 — मोही प्रमाण पत्र ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदक वादीले भरेको भनीएको मिसिल संलग्न १ नं. लगत र सो वमोजिम प्रकाशित २ नं. अनुसूचीको प्रतिलिपी हेर्दा सम्वन्धित जग्गाको जग्गाधनीमा रमेशचन्द्र भट्टाचार्य, पंचु भट्टाचार्य र क्षेत्रफल ०-९-० उल्लेख भएको देखिन आउनुको अतिरीक्त विवादको जग्गा वडा नं. ४ मा रहेकोमा वडा नं. ३ मा अनुसूची प्रकाशित भएको देखिन्छ । यसरी एउटा वडामा जग्गा रहेको र अर्को वडामा २ नं. अनुसूची प्रकाशित भएको स्थितिमा मोहीको प्रमाण पत्र दिन मिल्दैन भनी नि.नं. ४४१९, २०४८ सालको रिट नं. १२६५ को उत्प्रेषण विषयमा श्री सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भएको देखिंदा सो प्रकाशित अनुसूचीलाई मान्यता दिन नमिल्ने । (प्र.नं. ११) § जग्गाधनी नै नदेखिएका व्यक्तिको नाम १ नं. अनुसूचीमा भरी २ नं. लगत प्रकाशित भएकै कारणले अहिले आएर मोही प्रमाण पत्र पाउनु पर्ने भन्ने पुनरावेदकको कथन मिल्न नसक्ने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6353
मुद्दाको विषयमोही प्रमाण पत्र ।
निर्णय वर्ष / मिति2053/09/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6353
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्