नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6352 · वि.सं. २०५४
नि.नं. 6352 — मोही कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मोहीले कमाई आएको जग्गामा मोही सम्वन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ, भनी भूमि सम्वन्धी ऐन, ०२१ को दफा २६ को उपदफा (१) मा उल्लेख गरेको देखिएबाट दर्तावाला मोहीको मृत्युपछि निजको पति पत्नी वा छोराहरु मध्ये एकलाई जग्गावालाले विधिवत रुपमा मोही रोजेपछि मात्र त्यस्तो जग्गामा रोजिएको व्यक्तिको मोही हक स्थापित हुन सक्ने र सो अवस्था वाहेक दर्तावाला मोही भएको जग्गामा अन्य अवस्थाबाट मोही हक कायम हुन सक्ने र साविक दर्तावाला मोहीलाई कुनै असर नपर्ने । (प्र.नं. १४) § दुवै पक्षको सहीछाप भएको कवुलियतको एक प्रति स्थानिय पंचायतमा दाखिल गर्नु पर्ने भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (१) को कानूनी व्यवस्था हुँदा स्थानिय पंचायतमा दाखिल नभएको त्यस्तो कवुलियतले मोहीयानी हकको प्राप्तिको लागि कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6352 |
|---|---|
| मुद्दाको विषय | मोही कायम |
| निर्णय वर्ष / मिति | 2053/05/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6352 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
