नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6350 · वि.सं. २०५४

नि.नं. 6350 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ श्री ५ को सरकार भूमि सुधार तथा व्यवस्था मंत्रालयको मिति २०४८।११।२६ को भाग ३ खण्ड ४१ संख्या ४७ को राजपत्रमा प्रकाशित सूचनामा दोलखा जिल्ला समेतका केही जिल्लाहरुमा जग्गा नाप जाँच गर्दा जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ११ ख मा उल्लेख भएका अवस्थाहरु पर्न गै समस्या उठन गएको वा उठेमा सो समस्याहरु सुल्झाउने काममा आवश्यक निर्णय गर्न जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ११ ख वमोजिम समिति गठन गरी समितिको काम कर्तव्य र अधिकार तथा कार्य अवधि समेत तोकेको पाईन्छ । सो सूचना अनुसार समितिमा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी अध्यक्ष, सम्वन्धित जिल्लाका समस्या एवं सरोकार परेको गा.वि.स.का सचिव सदस्य समेतको सात जना व्यक्तिहरु रहने गरी गठन विधि तोकिएको देखिन्छ, निवेकदले दावी लिएको जग्गाको सम्वन्धमा मिति २०५०।५।२० मा सो समितिबाट निर्णय गर्दा समितिमा रहनु पर्ने सात जना व्यक्तिहरु मध्ये पांच जनाको मात्र उपस्थित भै निर्णय गरेको देखियो । विवादको जग्गा निवेदकको नाउँमा नापी भएको कुरामा विवाद नभएको र निवेदकले आफूलाई बुझदै नबुझि प्राकृतिक न्याय सिद्धान्तको विपरित निर्णय गरेको भन्ने दावी लिएकोमा निवेदकलाई बुझी सुनवाईको मौका प्रदान गरेको भन्ने विपक्षीको लिखित जवाफमा देखिंदैन । निवेदकलाई बुझी सुनुवाईको मौका दिई निर्णय गरेको नदेखिंदा प्राकृतिक न्याय सिद्धान्तको विपरित निर्णय गरेको समेत देखिने । (प्र.नं. ६) § जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ११ ख अनुसार गठित समितिमा राजपत्रमा प्रकाशित सूचना अनुसार गणपुरक संख्या नपुगी निर्णय गरेकोले सो समितिलाई कानून वमोजिम गठन भएको समिति भन्न नमिल्ने । (प्र.नं. ७) § सवुद प्रमाणको मूल्याङ्कन नगरी र निवेदकलाई नबुझी त्यस्तो गैर कानूनी समितिले गरेको निर्णय स्वतः गैर कानूनी हुने हुँदा सो समितिले गरेको मिति २०५०।५।२० को निर्णय उत्प्रेषणको आदेशद्वारा वदर गरी दिइएको छ । अव कानून वमोजिम सवुद प्रमाणको मूल्याङ्कन गरी जो जे वुझनु पर्छ वुझि कानून वमोजिम निर्णय गर्नु भनी विपक्षी जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ११ ख वमोजिम गठित समिति दोलखाको नाउँमा परमादेशको आदेश जारी हुने । (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6350
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2053/09/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6350
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्