नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 635 · वि.सं. २०२८
नि.नं. 635 — अंश दपोट
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तत्काल प्रचलित अंशबण्डाको ४६ नं.र हालको अंशबण्डाको २७ नं. : भाग बण्डा (अंशबण्डा) भएको नदेखिएमा–अंश दपोट गर्यो भन्ने उजुर नलाग्ने । तत्सम्बन्धमा हेर्दा तत्काल प्रचलित साविक मुलुकी ऐन अंश बण्डाको ४६ नं.मा दवाएको छपाएको छैन भनी धर्म गरेपछि दवाए छपाएको ठहर्यो भने त्यो धनमाल दवाई धर्म गर्ने चाहिंले पाउँदैन, नदवाउने अरू अंशियारले ऐनबमोजिम अंशबण्डा गरी खानु भन्ने र नयाँ मुलुकी ऐन अंशबण्डाको २७ नं.मा दवाए छपाएको छैन भनी कागज गरी सकेपछि दवाए छपाएको ठहर्यो भने त्यो धनमाल दवाउनेले पाउँदैन, नदवाउने अरू अंशियारले ऐनबमोजिम अंश गरी खान पाउँछन्, दवाएवापतको सजाय हुदैन भन्ने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दाको फिरादपत्रमा अंश मुद्दा परी मिलापत्र भई बण्डा उठी सकेपछि दवाए छपाएको देखिन आएको भन्ने मुख्य दावी भएकोले त्यसतर्फ हेर्दा यो मुद्दाको वादी खड्गबहादुर समेतको र प्रतिवादी चन्द्रबहादुरसमेतको अंश मुद्दा परेकोमा आ–आफ्नो बाँड फाँडसमेत खुलाई ऐन सवालबमोजिम पास गर्नेसमेत गरी २००१।६।२८ गते घरसारमा बण्डा भई सकेबाट मिलापत्र गर्नमा दुवै थरको चित्त बुझेको भनी घरसारको बण्डापत्रलाई शिरान हाली २००१।७।२२।३ मा पूर्व ३ नं.अदालतमा मिलापत्र गरेको रहेछ, सो मिलापत्र भनेको कागज अदालतमा परेको मुद्दामा रेख रूप गर्ने कामसम्म छाड्ने गरी भएको देखिन्छ । उक्त मिलापत्रबाटै भागबण्डा छुट्याइ भागबण्डा भए गरेको देखिन आएन घर सारको भनेको २००१।६।२८ को बण्डापत्रको हकमा पास नभएको भन्नेसमेत वादीको लेखाई भएको सो बण्डापत्र सदर बदरबारे परी आएको यो मुद्दा नहुनाले त्यसतर्फ अहिले यस मुद्दाबाट निर्णय दिन मिल्ने नदेखिएकोले उक्त बण्डापत्रको सम्बन्धमा कुनै कुरा बोली रहन मिलेन । यस स्थितिमा उपरोक्त ऐनबमोजिम अंश दपोटमा वादीको उजुर लाग्न सक्ने अवस्था नदेखिएको समेत हुँदा वादीको नालेस खारेज गर्ने गरी ०२६।१।१२।५ को डिभिजन बेञ्चले छिनेको मुनासिव ठर्हछ । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 635 |
|---|---|
| मुद्दाको विषय | अंश दपोट |
| निर्णय वर्ष / मिति | 2028/03/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 635 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
