नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6349 · वि.सं. २०५४

नि.नं. 6349 — मोही नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदक वादीका वावु मौजेलालका नाममा भूमि सम्वन्धी ऐन, २०२१ वमोजिम विधिवत मोही हक प्राप्त गरेको देखिंदैन । यसरी वावुका नाममा नै दर्तावाला मोही हक प्राप्त भै नसकेको अवस्थामा यी वादीका नाममा मोही नाउसारी हुन नसक्ने । (प्र.नं. १२) § फिल्डवुकमा वादीका दाजको नामसम्म उल्लेख भएको कुरालाई वादीले आधार लिन खोजेकोमा, दाजुको नाउँको मोहीयानी हक भाईमा सर्न सक्ने कानूनी व्यवस्थाको अभाव रहेको पाइने । (प्र.नं. १२) § फिल्डवुकमा दाजुको नाउँ उल्लेख भएको र वादीले नै दावीको जग्गा जोत कमोद गरी रहेको भन्ने सर्जमीन लेखाई कै आधारमा पुनरावेदक वादीको नाममा मोही हक नामसारी हुन नसक्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6349
मुद्दाको विषयमोही नामसारी
निर्णय वर्ष / मिति2053/01/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6349
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्