नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6348 · वि.सं. २०५४

नि.नं. 6348 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ७ मा विवाद समाधान शिर्षक अन्तर्गत उपदफा (१) मा विदेशी लगानीकर्ता स्वदेशी लगानी कर्ता वा सम्वन्धीत उद्योगको विचमा कुनै विवाद उठेमा त्यस्ता विवादको समाधान सम्वन्धित पक्षहरुले विभागको रोहवरमा आपसी छलफलद्वारा गर्नु पर्ने । (प्र.नं.२) § उद्योगले उद्योग स्थापना गरी उत्पादनको संम्पुर्ण पुर्वाधार तयार पारी उत्पादनको अवस्थामा रहेको समेत देखिदा पुनरावेदन अदालतमा परिरहेको निवेदनको टुंगो नलागेसम्म निवेदकको हक हितमा असर पर्ने कुनै पनि कार्य नगर्नु उद्योग व्यवसाय तथा प्रतिष्ठामा असर पर्ने कुनै प्रचार प्रसार विज्ञापन लगायत संझौताका शर्त वन्देज आदिमा असर पर्ने वा विपरित प्रभाव पर्ने र निवेदकको उत्पादन तथा विक्री वितरणमा कुनै प्रभाव पर्ने काम नगर्नु नगराउनु भनी विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी हुने । (प्र.नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6348
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2053/10/11
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6348
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्