नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6347 · वि.सं. २०५४
नि.नं. 6347 — उत्प्रेषण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४२(क) मा रिट निवेदनहरु मध्ये वन्दिप्रत्यक्षीकरणको निवेदनमा एक पटक मात्र वढिमा ७ दिन र अन्य निवेदन पत्र सम्वन्धि मुद्दामा एक पटक मात्र ३५ दिन सम्मको म्याद तारेख गुजार्न र थमाउन पाइने व्यवस्था हो । अन्य साधारण मुद्दा मामिलामा प्रयोग हुने अन्य प्रचलित कानूनको म्याद रिट निवेदनमा लागु हुने नभै प्रस्तुत नियम ४२(क) ले रिट निवेदनको सम्वन्धमा छुट्टै व्यवस्था गरेको देखिन्छ । साथै सो नियमको प्रतिवन्धात्मक वाक्यांशको खण्ड (क) वमोजिम हालैको मृत्यु, आकस्मिक विरामी, पारिवारिक क्षति जस्तो कुरामा सम्म रजिष्ट्रारलाई वढीमा १५ दिन सम्मको म्याद थामी दिन सक्ने कानूनी व्यवस्था छ तर प्रस्तुत निवेदनमा सो अवस्था रहेको देखिदैन र साथै निवेदकले पहिले नै ३५ दिनको म्याद थामी यो सुविधा उपभोग गरी दोश्रो पटक सुविधा पाउँ भन्ने जिकिरको हकमा सो नियमले एक पटक मात्र ३५ दिन सम्मको म्याद तारेख थाम्न सकिने प्रष्ट उल्लेख गरेकोले र निवेदकले दाश्रो पटक तारेख थमाउन आउँदा ३५ दिन गुजारी ३९ दिनमा आएको देखिंदा सो एक पटक मात्र भन्ने नियमको मनसायको विपरित पर्ने गरी तारेख थाम्न मिल्छ भन्न नमिल्ने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6347 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण । |
| निर्णय वर्ष / मिति | 2053/10/23 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6347 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
