नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6346 · वि.सं. २०५४

नि.नं. 6346 — भ्रष्टाचार ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नेविल वैकंको पत्रबाट प्रस्तुत मुद्दाको शुरुवात भै अनुसन्धान हुँदा प्रतिवादी विलोल पोखरेल विशेष प्रहरी समक्ष आरोपित कसुरमा सावित रहेको पाइन्छ । निजको साविति हेर्दा आफू नेपाल अरव वैंकमा कार्यरत रहंदा प्रमोद शर्मा, शोभनादेवी, शिव प्रसाद सिग्देलका काल्पनिक नाउँमा आफूले विभिन्न खाताहरु खोली सहिछाप समेत गरी कारोवार गरी विभिन्न मितिमा विभिन्न रकम निकालेको भन्ने देखिन्छ । त्यसरी नै शोभा देवीले समेत मेरो नाम शोभा भएकोले नाम फरक पारी खाता खोल्न नहुने हो तर मेरो श्रीमान विलोल पोखरेलले भने अनुसार शोभना देवीको दस्तखत गरी आएकी हुँ । उक्त खाताबाट कहां के कति रकम आउथ्यो र झिकिन्थ्यो मलाई थाहा छैन । मैले चेकमा सहि गरे पनि विवरणहरु मेरो पतिले नै भर्ने गर्नु हुन्थ्यो भनि विशेष प्रहरी समक्ष गरेको वयानबाट विलोल पोखरेलको साविती समर्थित हुन आएको पाइन्छ । विलोल पोखरेलले विशेष प्रहरी विभागमा गरिदिएको प्रमोद शर्मा, शिव प्रसाद सिग्देल लगायतका विभिन्न व्यक्तिको नामको नमुना दस्तखतसँग नेविल वैंकमा भूक्तानी दिएको चेकमा भएको दस्तखत भिड्न गएको विशेषज्ञको रायलाई निजले अदालतमा उपस्थित भई गरेको वकपत्रले समेत पुष्टयाई गरेकै देखिन्छ । निज प्रतिवादी विलोल पोखरेलले अदालतमा वयान गर्दा आरोपित कसुर गरेको छैन भन्ने लेखाए तापनि आफ्नो इन्कारीको समर्थनहुने अन्य आधार प्रमाण पुर्‍याउन सकेको पाईदैन । शोभाका नाउँको चेकमा विवरण मैले भरी सही मात्र शोभाले गरेको हुँदा रकम समेतको बारेमा शोभालाई थाहा नभएको ठिक हो भनि लेखाई दिएको देखिंदा शोभा देवीको वयानलाई समर्थन पुग्न गएको तथा आरोपित कार्य विलोल पोखरेलबाटै भएको भन्ने सिद्ध हुन आउँछ । अतः उल्लेखित आधार प्रमाणबाट प्रतिवादी विलोल पोखरेलले आरोपित कसुर गरेको होइन एवं भ्रष्टाचार निवारण ऐन, अन्तर्गत कारवाही हुन सक्ने होइन भन्ने विद्वान अधिवक्ताको भनाइसँग सहमत हुन नसकिने । (प्र.नं.२५) § प्रतिवादी शोभा पोखरेलको हकमा विचार गर्दा निजको नाउँको खाता नं. १४३८ को खाता संचालन भई कारोवार भएको कुरामा सहमत भएता पनि उक्त खातामा रकम कहांबाट जम्मा हुन्थ्यो कति जम्मा हुन्थ्यो र कति झिकिन्थ्यो भन्ने कुरा शोभालाई थाहा नभएको र उक्त खातामा रकम राख्ने झिक्ने तथा चेकमा विवरण भर्ने काम निजको श्रीमान विलोल पोखरेलले गर्ने गरेको भनि दुवै प्रतिवादीहरुको वयान कागजबाट समर्थित हुन आएको अवस्था रहेछ । माथि गरिएको विवेचना तथा लोग्नेको प्रभाव एवं दवाबमा परी जानकारी विना नै खाता संचालन भएको देखिएको आधारमा शोभा देवीको सक्रियता एवं संलग्नता रहेछ भनी मान्न सकिने ठोस एवं तथ्ययुक्त सवुद प्रमाणको अभाव रहेबाट निजले आरोपित कसुर गरेको भन्ने वादी दावी पुग्न नसक्ने । (प्र.नं.२६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6346
मुद्दाको विषयभ्रष्टाचार ।
निर्णय वर्ष / मिति2053/05/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी वहादुर सिंह | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6346
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्