नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 634 · वि.सं. २०२८

नि.नं. 634 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्काल प्रचलित रजिष्ट्रेशनको ७ नं. : धितो लेखिएको घर जग्गा साहुले नै भोग गरी आएमा–निजले ७ नं.अन्तर्गत व्याज नपाउने । व्याजसमेत भराई पाउँ भन्ने दावीको हकमा यस्तो ऐनले रजिष्ट्रेशन पास गर्नुपर्ने लिखत पास नभई कपालीसरह हुन आएकोमा साहुले भोग नपाएको जतिमा मात्र ऐनबमोजिमको व्याज पाउने उपरोक्त रजिष्ट्रेशनको ७ नं.मा व्यवस्था छ, जग्गा मैले भोग गरेकै छैन भन्ने वादी, वादीले नै भोग गरेको छ भन्ने प्रतिवादी भइ भोगको सम्बन्धमा विवाद उठेकोले त्यसको निराकरणका लागि हेर्दा जग्गा आफूले भोग गरेकै छैन भन्ने कुराको साक्षी सबूद वादीले गुर्जान नसकेका र प्रतिवादी साक्षी राम सिं, कालु बोहरा २ जनाले १८ सालसम्म वादीले चलन गरेको ०१९ सालदेखि वादीले नै चलन गरी बाँझो राखेको भनी बकेकोबाट भोग लेखिएको जग्गा वादीकै चलन कब्जामा रही ०१८ सालसम्म वादीले नै भोगी आयस्ता खाएको सिद्द हुन्छ । ०१९ सालदेखि बाँझो रहेको भन्ने हकमा ०१८ सालसम्म आफ्नो भोग कब्जामा रहेको जग्गा सो पछि प्रतिवादीले भोग कब्जा छुटाई लिई आवाद नगरी बाँझो राखेको भन्ने वादीका जिकिर र सबूत नभएकोले प्रतिवादीले आवाद नगरी बाँझो राखेको भन्न नमिल्ने र वादीकै कब्जामा रहेको जग्गा बाँझो राखेमा प्रतिवादीको गल्ती नदेखिएकोले भोग धितो लेखिएको जग्गा साहुकै भोग कब्जामा रहेको छँदाछदै उक्त रजिष्ट्रेशनको ७ नं.ले व्याज पाउँछ भन्न मिल्ने देखिदैन । (प्रकरण नं. १३) (२) अदालतमा प्रवेश गरेको अवस्थालाई ध्यानमा राखी हक दावीको निर्णय दिनपर्ने । भरी पाउने अंक भारु.को सटही दर कुन कायम हुने हो भन्नेतर्फ हेर्दा वादीले अदालतमा प्रवेश गरी नालिस गर्दा तत्काल प्रचलित सटही दर भा.रु.१०० को ने.रु.१६०। भई सोही दरले दावी गरेको देखिन्छ । वादीले जुन कुराको हक दावी लिई अदालतमा प्रवेश गरेको छ सोही अवस्थालाई लिएर निजको हक दावी ठीक बेठीक के हो भन्ने निर्णय गर्नुपर्ने हुन आउँछ । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.634
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2028/02/11
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 634
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्