नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6338 · वि.सं. २०५४
नि.नं. 6338 — भ्रष्टाचार ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदन अदालत पाटनको २०४९।८।४ को फैसला उपर वादी विशेष प्रहरी विभागबाट यस अदालतमा पुनरावेदन परेको रहेछ । फौ.पु.ई.नं. १२ श्री ५ को सरकार विशेष प्रहरी विभाग वादी दिल वहादुर लामा समेत प्रतिवादी भएको भ्रष्ट्राचार मुद्दामा श्री ५ को सरकार वादी हुने मुद्दामा सरकारी वकीलले पुनरावेदन गर्नु पर्नेमा विशेष प्रहरी विभागवाट परेको पुनरावेदनवाट कार्यवाही गर्न नमिल्ने हुँदा प्रस्तुत पुनरावेदन खारेज हुने भनी यस अदालत पूर्ण इजलासवाट मिति २०५२।९।२० मा सिद्दान्त कायम भएको छ । प्रस्तुत मुद्दामा श्री ५ को सरकार विशेष प्रहरी विभागको तर्फबाट पुनरावेदन परेको सरकारी वकील तर्फबाट पुनरावेदन परेको नदेखिएबाट उक्त सिद्दान्त अनुसार विशेष प्रहरी विभागको तर्फको पुनरावेदन खारेज हुने । (प्र.नं. ३३) § विशेष प्रहरी विभागमा भएको वयान कागजको आधारमा मात्र कसुरदार ठहराउन मिल्ने नदेखिने । § आरोपित कसुर प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा अनुमानको आधारमा मात्र कसुर ठहराउन नमिल्ने । (प्र.नं. ३४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6338 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार । |
| निर्णय वर्ष / मिति | 2053/10/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6338 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
