नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6337 · वि.सं. २०५४
नि.नं. 6337 — जवरजस्ती करणी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादी मध्येको धर्म सिं वमले प्रहरीमा कागज गर्दा वारदात स्थल र समयमा सुती रहेको जाहेरवालीहरुलाई तानी समाई केही टाढा जंगलमा लगी पछारी स्तन समाउने लगायतका कार्य गरेकोमा स्वीकार गरेको तर लिंग उत्तेजित नभएकोले करणी नगरेको भन्ने देखिन्छ । सो वाहेक अरु सवै प्रतिवादीले करणी गरेको कुरामा प्रहरीमा सावित भई वयान कागज गरेको पाइन्छ । पिडित रामनारायणीले निज धर्म सिंहले करणी गरेको भनी प्रहरीमा र अदालतमा कागज गरी दिएको अन्य प्रतिवादीहरुले धर्म सिंहले पनि करणी गरेको भनी प्रहरीमा वयान कागज गरि दिएको देखिन्छ । धर्म सिंहको उमेर सो प्रहरीमा भएको वयान कागजमा नखुले पनि अदालतमा भएको निजको वयानमा ३३ वर्ष उल्लेख गरेको पाइयो । लिगं उत्तेजित पार्न पिडित केटीलाई नांगो राखी दुध मलेको निजको माथि चढेको आदि कार्य गरेको भनी सो वयानमा उल्लेख गरेकोले ३३ वर्षको उमेरदार व्यक्तिको लिंग सो अवस्थामा उत्तेजित नभएको भन्ने कुरा पत्यारलायक नहुने । § अदालतमा करणी गरेमा नै पूरा इन्कार रहेकोले सो इन्कारी वयान विपरित जवरजस्ती करणीको उद्योग ठहराएको फैसला उपर निजहरुको पुनरावेदन परेको नदेखिएकोले निजहरुको इन्कारी वयानको विवेचना गरी रहन नपर्ने । § जाँच गर्न आएका पिडितहरुको वस्तु निष्ठ रुपमा जाँच गरी के कस्तो देखिन आयो सो सम्म उल्लेख गर्नु पर्नेमा Impression हरफ लेख्न पर्ने सन्दर्भ आवश्यकता र अवस्था केही नभएकोमा सोलाई मात्र निर्णयाधार वनाउन मनासिव देखिन नआउने । § प्रस्तुत मुद्दामा कुनै पनि प्रतिवादीले उद्योग गरेको नभनी पिडितहरुले जवरजस्ती करणी भएको भनेका छन् भने घरमा सुतेको ठाउँबाट रातको समयमा समाई वन्दुक पड्काई लगी त्रसित पारी एकान्त जंगलमा लगि सकेपछि कुनै अपरझट कारण पर्न आई करणी गर्न नपाएको भन्ने कुरा देखिन नआउने । (प्र.नं. ४१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6337 |
|---|---|
| मुद्दाको विषय | जवरजस्ती करणी । |
| निर्णय वर्ष / मिति | 2053/11/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6337 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
