नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6336 · वि.सं. २०५४
नि.नं. 6336 — संशोधन दाखिल खारेज ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अदालतवाट भएका फैसला मुद्दाका पक्ष लगायत सवैलाई वन्धनकारी हुन्छ । त्यस्तो फैसलामा त्रुटी भएपनि कानून द्वारा निर्दिष्ट मार्ग अवलम्वन गरी वदर गराउन सक्नु पर्दछ । त्यसरी वदर गराउन नसकेमा त्यस्तो अन्तिम फैसला जे जस्तो भएपनि कानून सरह पक्षहरुलाई लागु हुन्छ । निर्णय फैसलालाई अन्तिम रुप नदिएमा विवादको अन्तिम टुंगो कहिले पनि लाग्दैन । त्यस्तोस्थिति मुद्दाका पक्षलाई मात्र हैन न्याय प्रशासनको सक्षमतामै शंका उत्पन्न भई अव्यवस्था सिर्जना हुन जान्छ । तसर्थ निर्णय फैसलाको अन्तिमताको सिद्धान्त (Finality of decision) लाई अङ्गिकार गरेको हुन्छ । (प्र.नं. १३) § अदालतवाट अन्तिम भएको विषयमा मालपोत कार्यालय लगायतले परोक्ष रुपले अन्यथा निर्णय गर्न पाउने हो भने न्यायिक निर्णयको चरित्रमा र न्यायपालिका प्रतिको जनआस्थामै प्रतिकूल असर समेत पर्न जान्छ । तसर्थ संशोधन गर्न नमिल्ने ठहर्याई अदालतले गरेको फैसला अन्तिम भै रहेको अवस्थामा मालपोत ऐन अनुसार भनी कि.नं. संशोधन गरी दिने ठहर्याएको शुरु मालपोत कार्यालय, रौतहटको मिति ०४८।२।२६ को निर्णय उल्टी गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको इन्साफ मनासिव ठहर्छ । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6336 |
|---|---|
| मुद्दाको विषय | संशोधन दाखिल खारेज । |
| निर्णय वर्ष / मिति | 2053/08/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6336 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
