नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6330 · वि.सं. २०५४
नि.नं. 6330 — मोही नामसारी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भूमि सम्वन्धी ऐन, २०२१ लागु भएका बखत मोही कायम हुनको लागी भूमि सम्बन्धी नियमावली बमोजिम मोहीले आफूले कमाएको जग्गाको र जग्गाधनीको नाम समेत खुल्ने गरी १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएको हुनु पर्नेमा, वादीका स्वर्गिय पिताको नाममा १ नं. लगत नै नहुनु र २ नं. अनुसूचीमा समेत प्रकाशित नभई जोताहाको स्थायी वा अस्थायी निस्सा समेत नभएको अवस्थामा एक मात्र नापीमा फिल्डबुकमा लेखिएको कारण फिल्डवुकको आधारमा तयार भएको जग्गा धनी प्रमाण पुर्जामा अंकित भएकै कारण विवादित जग्गाको मोही वादीका स्वर्गीय पिता थिए भनी निजको मृत्यु पश्चात यो पुनरावेदक वादीका नाउँमा मोही नामसारी गरीदिने ठहर्याउन कानून सँगत नदेखिने । (प्र.नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6330 |
|---|---|
| मुद्दाको विषय | मोही नामसारी । |
| निर्णय वर्ष / मिति | 2053/05/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6330 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
