नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6303 · वि.सं. २०५४

नि.नं. 6303 — लिखत वदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुद्दाहरुको तथ्यहरु नै फरक रहेको २ निर्णयहरुमा भिन्न भिन्न प्रश्न उठी भिन्न भिन्न दफाहरुको व्याख्या गरिएको हुँदा रुलिङ बाझिएको भन्न सकिने अवस्था नदेखिने । (प्र.नं. १३) § सगोलको अंशवण्डा लाग्ने सम्पत्ति भनी दावी भएकोमा सगोलको सम्पत्ति होइन अंशवण्डा नलाग्ने निजी आर्जनको सम्पत्ति हो भन्ने पक्षले नै अंशवण्डा नलाग्ने निजी आर्जनको सम्पत्तिको सवुद गुजार्नु पर्ने सर्वमान्य सिद्धान्त हो । (प्र.नं. १३) § एकासगोलको अंशियारमा जस्को नाममा रहेको सम्पत्ति भए पनि अन्यथा प्रमाणित नभएसम्म सगोलको मान्नु पर्ने प्रमाण ऐन, २०३१ को दफा ६ (क) ले प्रष्ट गरेकोमा अन्यथा प्रमाणित गर्नुपर्ने कर्तव्य प्रतिवादीको हुने । (प्र.नं. १३) § अंशवण्डाको १८ नं. ले निजी ठहर्ने र ऐ.का १९ नं. ले आफ्नो पालामा आर्जेको निजी ठहर्ने अवस्थामा बाहेक संगै बसेको अंशियारको सगोलको आर्जनमा सबै अंशियारको भाग लाग्ने। (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6303
मुद्दाको विषयलिखत वदर
निर्णय वर्ष / मिति2053/11/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6303
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्