नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6301 · वि.सं. २०५३

नि.नं. 6301 — उत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा आदेश पुर्जि जारी गरी पाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ करार सेवाबाट प्रवाहित हक अधिकारले करारको अवधी समाप्त भएपछि पनि काममा लगाइएको कारणले स्वतः कानून द्वारा व्यवस्थित सेवाको रुप नलिने । (प्र.नं. ७) § निवेदकहरुका तर्फबाट करार सेवा वाहेक शिक्षा नियमावली, २०४९ अन्तर्गत व्यवस्थित सार्वजनिक विद्यालयको शिक्षकमा नियुक्त भएको कुनै नियुक्ति पत्र वा प्रमाण पेश गर्न सक्नू भएको पाइदैन । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्र्तगत यस अदालतले आफ्नो असाधारण अधिकार क्षेत्र अन्तर्गत करार सम्वन्धी हकको प्रचलन गराउने नभै संविधान र कानून द्वारा संरक्षित हकको मात्र प्रचलन गराउने हुंदा निवेदकहरुद्वारा दावी जिकिर लिइएको प्रकृतिको हक प्रचलन गराउन नमिल्ने भएकोले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6301
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा आदेश पुर्जि जारी गरी पाउं
निर्णय वर्ष / मिति2053/12/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6301
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्