नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6300 · वि.सं. २०५३

नि.नं. 6300 — लागू औषध

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रमाणको लागि आएको यीनै प्रतिवादी नन्दलाल गिरी प्रतिवादी भएको नकवजनी चोरी मुद्दामा धेरै परिणाममा अन्य औषधी सहित ३० एम्पुल पेथेडिन पलिया खेरी अवस्थित गिल मेडिकल स्टोरबाट रु. ५,९४०। मा खरीद गरी सो मेडिकल स्टोरको विल समेत पेश भएको देखिनाले अन्य औषधी लगायत छुट्टै परिमाणमा खरीद गरेको नीजि प्रयोगको निम्ति हो भन्न सकिने स्थिति नदेखिने । (प्र.नं. २५) § बाजुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेट राम चन्द्र यादवले प्रतिवादीलाई जाच्दा (Vain) भेनमा ईन्जेक्शन लगाएको पाइएकोले लागु औषध सेवन गरेको लक्षण चिन्ह पाइयो भनी बन्द सवालको नं. ५ मा जवाफ दिएकोवाट औषधी सेवन गरेको एकिन भन्न नसकि लक्षण चिन्ह भन्नुको तात्पर्य हो होइन यकिन हुन नसक्ने भै शंकास्पद देखिन आउने राय भन्नु पर्ने । (प्र.नं. २५) § दुई चिकित्सकको २ विभिन्न एक अर्का देखि आपसमा विरोधाभास राय भएको देखिएको अवस्था त्यस्तो राय शंकास्पद मान्नु पर्ने भै प्रतिवादीको विरुद्ध सो प्रमाण ग्रहण गर्न कानुनले मिल्ने नदेखिने । (प्र.नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6300
मुद्दाको विषयलागू औषध
निर्णय वर्ष / मिति2053/03/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6300
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्