नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6299 · वि.सं. २०५३

नि.नं. 6299 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पक्ष नै नबनाएको निर्णयमा पुनरावेदन गर्न जानु पर्छ भन्न नमिल्ने । (प्र.नं. ११) § रिट निवेदकले रिट निवेदनसाथ प्रेषित गरेको फोटोकपीको प्रतिलिपीबाट सो निर्णय २०४८ को हो वा ०४४ को हो स्पष्ट नदेखिनुको अतिरिक्त सक्कल निर्णयमा समेत उक्त निर्णय ०४४ वा ०४८ के हो छुट्याउन सकिने गरी स्पष्ट लेखिएको पाइन्न निवेदक मुल रुपमा अर्जुनवीर पाण्डेको नाउंमा विवादित कित्ता जग्गा दर्ता गरेको बिषयको निर्णय वदर गराउन यस अदालतमा आएकोले आफ्नो रिट निवेदनमा मालपोत कार्यालयबाट प्राप्त प्रतिलिपी जुन रिट निवेदनसाथ प्रेषित छ सो मा साल स्पष्ट नभएबाट निवेदनमा २०४४ भन्ने उल्लेख भएपनि वास्तवमा निवेदक आफुले रिट निवेदन साथ पेश गरेको उक्त मालपोत कार्यालयको निर्णय वदर गराउन आएको र त्यस्तो अस्पष्टताको लाभ निवेदकले पाउंदैन भन्न र त्यतिकैबाट रिट निवेदकको दावी नै छैन भन्न नमिल्ने । (प्र.नं. ११) § निवेदकको यसै विवादको कित्ता जग्गामा दर्ता गरी पाउं भन्ने भएको अघिल्लो निवेदनको कारवाई निर्णय कायमै राखी विपक्षीको सोही कित्ता जग्गाको सम्वन्धमा पछि परेको निवेदनबाट कारवाई गरी जग्गा दर्ता गरी दिने भनी गरेको सिफारिस र जग्गा दर्ता गरी दिने भन्ने लिखित जवाफमा लेखिएको र सम्वन्धित निर्णयमा रहेको मिति २०४८।१०।१७ र २०४८।१०।२३ को मालपोत कार्यालय, ललितपुरको निर्णय त्रुटीपूर्ण देखिंदा उत्प्रेषणको आदेश द्वारा वदर हुने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6299
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2053/05/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्र्य
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6299
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्