नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6298 · वि.सं. २०५३
नि.नं. 6298 — लिखत बदर दर्ता बदर दर्ता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ छोराको अपुताली वावुमा पनि जान सक्ने कुरा अपुतालीको ४ नं. को अध्ययनबाट देखिन्छ । भिन्न भएका वावु आमा र एकभन्दा बढी छोराहरु भएकोमा एकै छोरा मरी अपुताली परेको अवस्थामा वावु आमामा नै अपुताली जाने भनी स्पष्ट कानूनी व्यवस्थाको अभावमा उल्लेखित दे.पु.इ.नं. १५७ को मुद्दामा व्यक्त भएको रायको आधारमा समेत मर्ने छोरा नभए सरह उस्को अंश अपुताली सबै अंशियारहरुले भाग वण्डा पाउने गरिनु न्याय र विवेकको दृष्टिकोणले उपर्युक्त हुने । (प्र.नं. २२) § छुट्टि भिन्न भएका वावु आमा छोराहरुमा सहोदर तथा वेमातृक पट्टिका भाइ भाइ भएको अवस्थामा कुनै भाइ मरी अपुताली परेको अवस्थामा समान अंशियारहरु सबैले वांडी खान पाउंछ भन्दा बेमातृक पट्टिका भाइ पनि अंशियार हुने भएकोले अपुताली पाउने र साथै वावुले पाएको अपुताली निजपछि वा कुनै व्यहोराबाट बेमातृक पट्टिको भाइ छोरामा जान सक्ने अवस्था हुन्छ, जुनकुरा अपुतालीको १२ नं. को उल्लेखित व्यवस्था प्रतिकुल हुने । (प्र.नं. २२) § जुन कुरा प्रत्यक्ष प्राप्त गर्न पाईदैन सो कुरा परोक्ष रुपमा प्राप्त हुन जाने गरी गर्नु न्यायसंगत नहुने । (प्र.नं. २२) § एउटा कानूनको अर्थ गरींदा अर्को कानूनको व्यवस्थाको प्रतिकुल नहुने गरी गर्न वान्छनिय हुने। (प्र.नं.२२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6298 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर दर्ता बदर दर्ता कायम |
| निर्णय वर्ष / मिति | 2053/12/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6298 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
