नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6297 · वि.सं. २०५३

नि.नं. 6297 — खिचोला समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ गुठी जग्गाको मोहियानीको हक वेहक सम्वन्धमा निर्णय गर्ने अधिकार गुठी संस्थान वा भुमि सुधार कार्यालय कुनमा निहित छ ? भनी माथि उल्लेखित कुन रुलिङ वा प्रतिपादित सिद्धान्त कायम हुनु उपर्युक्त छ, निर्णय तर्फ विचार गर्दा यस्तै प्रश्न समावेश भएको यस अदालतको दुई भिन्दा भिन्दै संयुक्त इजलासबाट प्रतिपादित कानूनी सिद्धान्तहरु वाझिई पूर्ण इजलास समक्ष पेश भएको २०५१ सालको रि.पु.ई.नं. ५९ रिट निवेदक महेन्द्रनाथ उपाध्याय समेत विरुद्ध गुठी संस्थान केन्द्रिय कार्यालय समेत भएको उत्प्रेषणको रिट निवेदनमा यस अदालतको पूर्ण इजलासबाट २०५३।३।१३ मा गुठी जग्गाको हकमा समेत सवुद प्रमाण वुझी मोही सम्वन्धी तेरो मेरो प्रश्नमा निर्णय गर्ने अधिकार भुमिसुधार अधिकारीलाई भएको मान्नू पर्ने भनी कानूनी सिद्धान्त प्रतिपादित भईसकेको देखिंदा त्यसतर्फ पुनः विचार गरी रहनु पर्ने अवस्था नदेखिने । (प्र.नं. १२) § गुठी जग्गाको मोहियानी तेरो मेरो हेर्ने अधिकार भुमि सुधार अधिकारी कै हो भनी कानूनी सिद्दान्त मिति २०५३।३।१३ मा प्रतिपादित भइसकेको स्थितिमा प्रस्तुत मुद्दाको विवादित गुठी जग्गाको मोही ठहर गर्ने कानूनी अधिकार गुठी तहसिल तथा खर्च कार्यालयलाई नभई भुमिसुधार अधिकारीलाई भएको देखिने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6297
मुद्दाको विषयखिचोला समेत ।
निर्णय वर्ष / मिति2053/12/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6297
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्