नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6294 · वि.सं. २०५३
नि.नं. 6294 — उत्प्रेषण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विधिवत अंशवण्डा भइसकेकोमा मानु जोडिएकोमा पारीत लिखतको अभावमा तमसुकमा एकासगोलको वावु भन्ने लेखिदैमा निजको सम्पत्तिवाट छुट्टी भिन्न भएको छोराले लिएको ऋणको दायित्व पुरा गराउन नमिल्ने । (प्र.नं. ९) § वावु आमासंग अंश लिई भिन्न भई सकेको छोराले लिएको ऋण निजको आमाको नाउंवाट वावुको नाउंमा नामसारी भै गएको जग्गावाट भरी भराउ गर्ने जिल्ला अदालतको कारवाहीलार्ई वदर गरेको पुनरावेदन अदालत राजविराजको आदेश कानून विपरीत भएको नदेखिंदा निवेदकको माग वमोजिम रिट जारी गर्न नमिल्ने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6294 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण । |
| निर्णय वर्ष / मिति | 2053/04/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6294 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
