नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6292 · वि.सं. २०५३

नि.नं. 6292 — अंश चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीले आफ्नो पिताको मृत्यु पश्चात आफ्नो नाममा नामसारी गराई आफ्नो भागको अचल सम्पति विक्री गरेको देखिंदा व्यवहार प्रमाणवाट वादी प्रतिवादी वीच वण्डा भइसकेको देखिन आउने। (प्र.नं. १५) § अंशवण्डाको ३० नं. ले आफ्नो अफ्नो भागको अचल छुट्टाछुटै भाग विक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणवाट वण्डा भइसकेको ठहरेमा वण्डापत्र रजिष्ट्रेशन नभएको वा घटीवढी असल कमसल भएको भन्न नपाउने गरेको र वादी प्रतिवादीले आ-आफ्नो भागको अचल छुट्टा छुटै भाग विक्री व्यवहार गरेको व्यवहार प्रमाणवाट पुष्टि भएको देखिंदा वादीले प्रतिवादीवाट अंश भाग छुट्याई लिन पाउने अवस्था देखिन नआउने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6292
मुद्दाको विषयअंश चलन ।
निर्णय वर्ष / मिति2052/12/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6292
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्