नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6290 · वि.सं. २०५३
नि.नं. 6290 — प्रतिशेध, परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरीपाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७० को अधिकार काठमाडौं नगरपालिकाका प्रमुखलार्ई प्रत्यायोजन गरिएको भन्ने कुराको पुष्टी मिसिल संलग्न अंचल यातायात व्यवस्था कार्यालयको मिति ०५१।१०।१८ को पत्रवाट भएको छ । सःशुल्क र निशुल्क पार्किङ स्थल प्रत्यायोजित अधिकार वमोजिम नगरपालिकावाट भएको भन्नेमा विवाद नहुने । (प्र.नं. १४) § नगरपालिकाले नगरपालिका ऐन, २०४८ को दफा ४६ मा भएको व्यवस्था वमोजिम तोकिएको सवारी पार्किङ गरे वापतको शुल्क लिन पाउने व्यवस्था भएको र सोही ऐनको अधिकार प्रयोग गरी श्री ५ को सरकारले वनाई लागु भएको नगरपालिका कार्य व्यवस्था नियमावली, २०४९ को नियम ३९ ले सवारी पार्किङ गरे वापत सवारीको प्रकृति अनुसार सवारी पार्किङ शुल्कको अंक किटान गरी दिएको देखिन्छ । पार्किङ स्थल तोक्ने र त्यस्तो तोकिएको पार्किङ स्थलमा आफ्नो सवारी राख्नेलार्ई सो सवारी राखे वापत सवारीको प्रकृति अनुरुप सवै सवारीमा समानुपातिक रुपले पार्किङ शुल्क लगाई पार्किङ स्थलको व्यवस्थापन गर्न समेत रकम आवश्यक पर्ने नै हुन जान्छ । त्यसरी आफ्नो नगर क्षेत्र भित्रका सडकमा पार्किङ स्थलको व्यवस्था गरी उक्त तोकिएको स्थलमा सवारी राखे वापत निश्चित सेवा शुल्क लिने लिन लगाउने काम कार्यवाहीमा प्रष्ट रुपमा कानूनी त्रुटी भएको भन्ने देखिन नआएको अवस्थामा रिट जारी गर्नु उपयुक्त नहुने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6290 |
|---|---|
| मुद्दाको विषय | प्रतिशेध, परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरीपाउं । |
| निर्णय वर्ष / मिति | 2053/03/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6290 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
