नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6286 · वि.सं. २०५३
नि.नं. 6286 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कारणवाट मात्र भ्रष्टाचार गरेको भन्ने अभियोग दावी मनासिव छ भन्न नमिल्ने । रासन वोर्डले केरमेट भएको वोलपत्रमा कैफियत खुलार्ई मुचुल्का गर्न छुट्याएको र सच्चिएको अंक वमोजिमको अर्नेष्ट भनी वापतको रकम वैंक दाखिला नभएकै (प्र. नं. २५) § भ्रष्टाचार हुनलार्ई वदनियतसाथ कार्य गरेको हुनु पर्दछ र सो कार्यवाट कसैलार्ई फाइदा वा नोक्सान भएको देखिनु पर्ने । (प्र.नं. २५) § प्रस्तुत मुद्दामा वदनियत साथ सच्याउने कार्य गरेको भन्ने कुरा तथ्यगत रुपवाट शंकारहित तवरले पुष्टी हुन सकेको देखिदैन । सच्चाउने कार्यवाट के कसले के कति अनुचित लाभ प्राप्त गरेको हो सो कुरा कहि कतैवाट खुल्न आउदैन । भ्रष्टाचार जस्तो फौज्दारी अपराधमा केवल शंका र अनुमानको भरमा कसुरदार ठहराउन नमिल्ने । (प्र.नं. २५) § सच्याएको कुरा वोलपत्र दिनेले नै स्वीकार गरेको र अन्य प्रतिवादीहरुको मिलेमतो वा दवाववाट गरेको भन्ने प्रमाणित देखिन नआएको अवस्थामा केवल सच्याएको अंकको अर्नेष्ट भनी वापतको रकम वैंक दाखिला नभएकै कारणवाट प्रतिवादीहरु कसुरदार हो भन्न नसकिने । (प्र.नं. २५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6286 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2053/02/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6286 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
