नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6279 · वि.सं. २०५३
नि.नं. 6279 — अंश दपोट ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विर्ता उन्मूलन ऐन, २०१६ ले विर्ता उन्मुलन गरी (क) विर्ताको जग्गा मोहीको नाममा दर्ता हुने व्यवस्था गरे अनुरुप प्र.मिथिला देवीका नाउंमा उक्त जग्गा दर्ता भएको देखिन आउंछ । विर्ता उन्मुलन ऐन, २०१६ लागु भएको वखत प्रतिवादी मिथिला देवी श्रेष्ठ ६ वर्ष की नावालिका रहेको कुरा निजको प्रतिउत्रर पत्रमा उल्लेखित उमेरवाट देखिन आएकोले निज प्र.मिथिला देवीले आफ्नो ज्ञान, शीप वा प्रयासवाट विवादको जग्गा आर्जन गरेको भन्ने देखिन नआउने । (प्र.नं.१५) § प्रतिवादी मिथिला देवीको स्व. आर्जनको नदेखिएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६ वमोजिम अन्यथा प्रमाणित नभएसम्म एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने हुन आउंछ । (प्र.नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6279 |
|---|---|
| मुद्दाको विषय | अंश दपोट । |
| निर्णय वर्ष / मिति | 2053/08/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6279 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
