नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6278 · वि.सं. २०५३
नि.नं. 6278 — लेनदेन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एकै दिन, उहि पक्षहरुका विच एकै विषयमा भएका लिखत वमोजिमको रकम दिलाई पाउं भन्ने दावी देखिंदा अ.वं. ७२ नं. विपरित भन्न नमिल्ने । (प्र.नं.१२) § वादीले कपाली सरहको लिखत भएकोले सांवा व्याज भराई पाउं भनि दिएको फिरादको प्रतिवाद गर्दा उक्त लिखत लेनदेन प्रकृतिको कारोवारको लिखत नभई करार प्रकृतिको हो भन्ने जिकिर प्रतिवादीले लिएको देखिएन । कुनै व्यापारिक कारोवारको सम्वन्धमा लिखत भएको समेत देखिदैन । तसर्थ वादी दावी वमोजिम सांवा व्याज रकम भराई दिने गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव ठहर्ने । (प्र.नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6278 |
|---|---|
| मुद्दाको विषय | लेनदेन । |
| निर्णय वर्ष / मिति | 2053/05/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6278 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
