नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6276 · वि.सं. २०५३

नि.नं. 6276 — जारी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ १९ वर्षिया युवक छोरा एकै घर भित्र सुति रहेको अवस्था रातको ११ वजे सोहीस्थानमा एक्ली श्रीमतीलाई अर्को परपुरुष आएर करणी गर्ने भन्ने कुरा सो प्रत्यक्षदर्शी भनिएको छोरो हर्क वहादुरले पनि यो यस किसिमवाट देखेको भन्न सकेको छैन । प्र.लिला कुमारीले प्रतिउत्तरमा ९ महिना पुगेको गर्भ छ भनेकीमा प्रतिवादीहरुले करणी लिनु दिनु गरेको देखेको भनेको मिति २०४८।३।१८ वाट पनि वादीले फिराद गर्दाको मिति सम्म पनि आफ्नो श्रीमती प्र.लिला कुमारीको गर्भ रहेको सम्वन्धमा केही उल्लेख गर्न नसकेवाट आरोपित कसुर गरेको भनि मान्नु संझन सकिने अवस्था नदेखिने । (प्र.नं.१२) § वादीका साक्षीहरुले आरोपित कसुर करणी गर्दाको अवस्था देखिन समेत भनि वकपत्र गरेको र प्रतिवादीका साक्षीहरुले प्रतिवादी जिकिरलाई पुष्टी गर्दै प्र.लिला कुमारी यीवादीकै घरमा वसी रहेकी र वादीकै घरमा सुत्केरी समेत भएकी भनि वकपत्र समेत गरी दिएको देखिएवाट फिरादलेख खम्वीर रुपमा पुष्टि हुन सकेको पाइएन । फौज्दारी मुद्दामा प्रतिवादीको कसुर प्रमाणित गर्ने भार प्रमाण ऐन २०३१ को दफा २५ ले वादीमा भएकोमा कथित करणी गर्दै गरेको वारदात प्रत्यक्ष देख्ने भनिएका हर्क वहादुरको वयान वाहेक सोलाई स्वतन्त्र रुपमा पुष्टि गर्ने अन्य सवुद प्रमाणको अभावमा जारी गरेको ठहर्‍याएको शुरु वाग्लुङ जिल्ला अदालतको इन्साफ उल्टी गरी फिराद दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको मिति २०५१।३।७।३ को फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6276
मुद्दाको विषयजारी ।
निर्णय वर्ष / मिति2053/06/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6276
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्