नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6275 · वि.सं. २०५३
नि.नं. 6275 — धर्मपुत्र लिखत बदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ स्थानिय निकायलाई पनि सम्वन्धित वडा वासीहरुका विषयमा सहीकुराको जानकारी हुने र राख्नु पर्ने भन्ने मनसायवाट विधायिककाले साक्षी राख्नु पर्ने भन्ने व्यवस्था गरेको पाईन्छ । त्यस्ता साक्षीमा वस्ने भनि तोकिएका व्यक्तिहरु कार्यालय संग सम्वन्धित हुंदा निजहरुले कहि कतै लेखि दिएको प्रमाणिात गरि दिएको व्यहोरालाई अन्यथा प्रमाणिात नभएसम्म सही र तथ्य परक नै मान्नु पर्ने । (प्र.नं.१४) § धर्मपुत्रको १ नं. ले धर्मपुत्र लिन वस्न पहिलो क्रममा एकै भुडीका सन्तान रहने भन्नेमा अन्यथा भन्न मिलेन । एकै भुडीका सन्तान सिताराम र जयरामकमा एक एक छोरा भएकोले धर्मपुत्रको १२ नं. ले धर्मपुत्र दिन राख्न नमिल्ने प्रष्ट भई सकेको छ भने एकै भुडढीका सन्तामा पनि दाजु परशुरामको मृत्यु भई सकेतापनि निजको श्रमिती चन्द्र भुवनेश्वरी जिवितै रहेकी र निजहरुका तर्फवाट ६ जना छोराहरु तथा सितारामका छोरा विष्णु समेत उजुर नपरेको स्थितिमा यी धर्मपुत्र राख्ने भाईको नाती नाताका व्यक्तिलाई प्रस्तुत धर्म पुत्र बदर गराई मैले धर्मपुत्र पाउनु पर्ने भन्ने समेतका जिकिर लिई अदालत प्रवेश गर्न कानूनले सहयोग गरेको छ भनि भन्न सकिने अवस्था देखिदैन । (प्र.नं.१४) § धर्मपुत्र दिने व्यक्तिको माथि उल्लेख गरिएका नजिकका अन्य हकवाला रहेको र निजहरुले दावी लिन नआएको अवस्थामा यी पुनरावेदक वादीको हकदैया श्रृजना हुने अवस्था देखिन आएन। (प्र.नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6275 |
|---|---|
| मुद्दाको विषय | धर्मपुत्र लिखत बदर । |
| निर्णय वर्ष / मिति | 2053/01/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6275 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
