नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6274 · वि.सं. २०५३
नि.नं. 6274 — जग्गा हक कायम दर्तासमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन अ.वं. ८५ नं.को व्यवस्थालाई हेर्दा अड्डामा मुद्दा परि फैसला भएपछि सो फैसला उपर ऐन वमोजिमको पुनरावेदन नभई सोही मुद्दामा उसै झगडियाका नाउंमा फिरादपत्रलिई सून्न हुदैन । लिएको भए पनि खारेज गरि दिनुपर्छ भन्ने व्यवस्था भइरहेकोले अघि मुद्दा परि प्रतिवादीले समेत आफ्नो भनी जिकिर लिएको र डिसमिस भएको हकमा सम्म वादीको पुनः फिराद दावी लाग्न सक्ने भएन । (प्र.नं.१६) § अघि विवाद पर्दा उल्लेख नभएको डिसमिस नभएको जग्गाको हकमा सो जग्गामा सो जग्गाका वादीको हक समाप्त भएको मान्न मिल्दैन । (प्र.नं.१६) § ४२० को जग्गाको सम्वन्धमा अघि मुद्दा डिसमिस हुंदा सो फैसलावाट वादीको हक समाप्त भएको नदेखिंदा सो जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ । (प्र.नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6274 |
|---|---|
| मुद्दाको विषय | जग्गा हक कायम दर्तासमेत |
| निर्णय वर्ष / मिति | 2053/06/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6274 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
