नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6273 · वि.सं. २०५३
नि.नं. 6273 — लिखत बदर सम्पत्ति फिर्ता ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लेनदने व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफुखूसी गर्न पाउने अरुको मंजुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका संगका अंशियार सवै साक्षी वसेको वा नीजहरुले मंजुरीको लिखत गरी दिएको भएमात्र पक्का ठहर्छ । साक्षी पनि नवसेको र मंजुरीको लिखत पनी नभए मंजुर नहुनेले रजिष्ट्रेशन भएको मितिले १ वर्ष सम्ममा थाहा पाएको पैतिस दिन भित्र उजुर गर्यो र निजको मंजुरी ठहरिएन भने निजको हक जति सो संम्पत्ति फिर्ता गराई दिनु पर्छ भन्ने कानूनी व्यवस्था भएकोले सो व्यवस्था अनुरुप वादीहरु अंशियार भएका र एकाघरसंग वसेका कुरामा विवाद नभएकोले वादीहरु दुवै नावालक भएकाले निजहरुको मामा संरक्षक भै अ.वं. ८३ नं. वमोजिम सोह्र वर्ष नपुगेका नावालक समेतको हकमा एकाघरको हकवाला नभएमा निजलाई रेखदेख वा संरक्षण गर्ने व्यक्तिले अड्डाको अनुमति लिई सो व्यक्तिको तर्फवाट नालेश दिन पाउने कानूनी प्रावधान भएकै देखिंदा यस्तो अवस्थामा ईन्साफ तहकीकात गर्नु पर्नेमा शुरुले खारेजी गरेको फैसला त्रुटिपुर्ण देखिदा सो फैसला बदर गरी प्रमाण र कानूनको सहि मुल्याकंन गरी जे जो वुझ्नु पर्छ वुझि ईन्साफ गर्नु भनि तारेखमा रहेका वादी प्रतिवादीलाई तारेख तोकी शुरु कास्की जिल्ला अदालतमा पठाउने ठहर्याएको पुनरावेदन अदालत पोखराको फैसला मिलेक देखिने । (प्र.नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6273 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर सम्पत्ति फिर्ता । |
| निर्णय वर्ष / मिति | 2053/08/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6273 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
