नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6272 · वि.सं. २०५३
नि.नं. 6272 — प्रतिषेध
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.प्रशोधित खानेतेल उत्पादन गर्ने ठुलो उद्योगको रुमा स्थापित भएको र औद्योगिक व्यवसाय ऐन, २०३८ अन्तर्गत सुविधा पाउन सक्ने स्थितिको उद्योग भएको आधारमा आयकर छुट प्राप्तीको लागि कारवाही चली रहेको र कुनै निर्णयमा पुग्न सकी रहेको नभएपनि आयकर दर्ता प्रमाणपत्र नवीकरण गरी गरि दिने भनी सम्वन्धित विभागवाट पत्राचार भइ रहेको स्थिति र सो सम्बन्धी सम्पुर्ण जानकारी कर कार्यलय विराटनगरलाई भई रेको देखिंदा तथा अरु वढी बुझ्नू पर्ने वा जानकारी प्राप्त गर्नु पर्ने आवशक्यता देखिए तत्सम्वन्धी जानकारी सम्वन्धित बिभागवाटै प्राप्त गर्न सक्ने छंदाछदै पनि कर कर्यालय बिराटनगरावाट मिति २०५०।६।१४ मा उक्त उद्योगलाई आय विवरण सहतिको वासलात तथा नाफा नोक्सान हिसावलाई पुष्टि गर्ने वहीखाता वील भरपाई आदि लिई खाता परिक्षण गराउने कार्यको लागी सात दिन भित्र उपस्थित हुने सूचना दिएको मिसिल सामेल रहेको पत्रको फोटो प्रतिवाट देखिन्छ । प्रचलित नेपाल कानून बमोजिम सुविधा पाउन सक्ने अवस्था तथा सुविधा प्राप्ती तर्फको कारवाही नटुंङिदै र सम्वन्धित बिभाग एवं मन्त्रालयवाट जानकारी दिंदा दिदै पनि कर कार्यालय विराटनगरवाट सात दिने उपस्थित हुने सूचना पाएवाट कर निर्धारण प्रकृया प्रारम्भ हुन लागेको देखि यस अदालतमा प्रतिषेध सम्वन्धी निवेदन पर्न आई कारण देखाउ आदेश जारी भएकोमा कर कार्यालय, बिराटनगरवाट मिति २०५०।९।२६ मा सूचना वुझी २०५०।१०।८ मा लिखित जवाफ फिराएको देखिन्छ । उक्त लिखित जवाफ हेर्दा आयकर निर्धारण भई ससकेको नभई निरिक्षण परीक्षणको कार्यसम्म प्रारम्भ भएको देखिएको र औद्योगिक व्यवसाय ऐन अन्तर्गत उत्पादन मुलक ठुला उद्योगले आयकर सुविधा पाउन सक्ने कानूनी प्रावधान रहेवाट र त्यस तर्फ कारवाही समेत चली रहेको भन्ने देखिएकोले त्यस तर्फ ध्यान नदिई आयकर निर्धारण गर्ने तर्फको प्रकृया प्रारम्भ गरेको मुनासिब भन्न नमिलकोले स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.का. आयकर सुविधा सम्बन्धी कारवाही निर्णय नभएसम्म निवेदकको आयकर निर्धारण नगर्नु भन्ने कर कार्यालय विराटनगरको नाममा प्रतिषेध जारी हुने । (प्र.नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6272 |
|---|---|
| मुद्दाको विषय | प्रतिषेध |
| निर्णय वर्ष / मिति | 2053/10/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6272 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
