नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6268 · वि.सं. २०५३
नि.नं. 6268 — उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरी पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदकले कृषि विकास बैंक उपशाखा कार्यालय धनगढीबाट कर्जा लिंदा विवादको कि. नं. ३९४ को जग्गा धितो राखेको नदेखिएता पनि स्वयम निवेदकले आफुले राखेको धितो समेत बैंकले आफ्नो हित सुविधा अनुसार कानून बमोजिम लिलाम विक्री गरी त्यसबाट पनि नपुग भएमा आफ्नो अरु घर घराना चल अचल जायजेथाबाट वांकी सांवा व्याज कानून बमोजिम असुल उपर गर्नु भनि बोली परेको तमसुकमा आफ्नो मंजुरीले सहिछाप गरी कर्जा लिएको पाइन्छ । धितो राखेको अचल सम्पत्तिवाट बैकले कर्जा दिएको रकम असुल हुन नसक्ने कुराको मुल्यांकन गरी सो को आधारमा निवेदकको कि.नं. ३९४ को जग्गा समेत निवेदक आफु स्वयमले गरी दिएको तमसुक बमोजिम लिलाममा राखी त्यस्तो लिलामी हुने वारेको सूचना मिति ०५०।१०।२६ को गोरखापत्रमा प्रकाशित गरी उक्त सूचना जानकारी समेत मिति ०५०।१२।१ मा निवेदकलाई दिएको पाइन्छ । यसरी उक्त कि.नं. ३९४ समेतको जग्गा लिलाम हुन लागेको सूचना मौकैमा निवेदकले पाएकोमा सो लिलामी कारवाही रोकी पाउं भनी निवेदकले कहिं कतै उजुर समेत गरेको पाईदैन । लिलाम हुन लागेको सूचना पाएकोले प्राकृतिक न्यायको सिद्धान्तको विपरीत भएको भन्न नमिल्ने । (प्र.नं.९) § लिलामीको सूचनाको जानकारी पाएपछि आफ्नो मंजुरी वेगरको धितो रोखेको बाहेकको सम्पत्ति लिलाम बिक्रि गरेको भए सो लिलाम बिक्रि बदर गराउन निवेदक सम्वन्धित जिल्ला अदालतमा जानु पर्ने सो अनुसार बैकल्पिक उपचारको बाटो हुंदा हुंदै पनि लिलामी कारावही बदर गराउन गएको देखिदैन । वैकल्पिक उपचार अप्रयाप्त र प्रभावहिन देखिएको कारण देखाई निवेदकले आफ्नो हक प्रचलन गराउन समेत आएको नदेखिंदा रिट जारी गर्ने गरेको यस अदालतको संयुक्त इजलाशको राय संग सहमत हुन नसकिएकोले प्रस्तुत रिट निवेदन खारेज हुने। (प्र.नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6268 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरी पाऊँ । |
| निर्णय वर्ष / मिति | 2053/01/13 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6268 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
