नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6266 · वि.सं. २०५३
नि.नं. 6266 — चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
आफ्ना जिम्मामा रहेको सामानहरुको सुरक्षाको लागि पनि हेरचाह गर्न पुर्याउन आवश्यकता अनुसारएक ठाउंबाट अर्को ठांउमा लैजानु वा सार्नुपर्ने अवस्था श्रृजना नहुनेभनी मान्न नसकिने । (प्र.नं. १८) सामानहरु जिम्मा लिने व्यक्तिले आफू जिम्मा रहेको सामान सुरक्षित साथ राख्नु र आफूले जिम्मा लिई राखेको सामानहरु फिर्ता माग भएको वा खोजी भएको वखत सहि हालतमा वुझाउन पर्ने दायित्व निजहरुको हुंदा त्यस्तो जिम्मा दिएको सामानहरु सही हालतमा वुझाउन नसकेमा जिम्मा दिनेले कानून अनुरूप जिम्मा लिनेबाट असूल उपर गरि लिन पाउने हुंदा त्यस्तो आफूले जिम्मा लिएको सामानहरु निज जिम्मा लिनेले नै चोरी गरेको भनी कानूनतः मिल्ने अवस्था नहुने। (प्र.नं. १८) चोरी भएको भनिएको फलामे छड समेतका सामानहरु हिनामिना भै कभर्डहल निर्माण कार्यमा वाधा अवरोध आएको भन्ने उक्त वालीडण् कभर्डहल निर्माण समितिका तर्फबाट कुनै दावी जिकिर आएको पनि मिसिलबाट देखिएन । प्रहरी कार्यालयबाट चोरी गरि ल्याएको भनिएको सामानहरुको विवरण माग गर्दा निर्माण समितिले चोरी भएको सामानहरुको विवरण दिन सकेको समेत पाइएन । अतः उल्लेखित अवस्थामा निर्माण सामाग्री जिम्मा लिने व्यक्तिले नै चोरी गरेको भनी चोरीको वारदात कायम गर्न मिल्ने अवस्था नहुंदा प्रस्तुत मुद्दामा चोरीको वारदात कायम गरि प्रतिवादीहरुलाई सजाय गर्ने गरेको शुरू स्यांजा जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्याइ प्रतिवेदन दावी खारेज गर्ने गरि पुनरावेदनअदालत पोखराले गरेको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6266 |
|---|---|
| मुद्दाको विषय | चोरी |
| निर्णय वर्ष / मिति | 2053/03/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6266 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
