नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6260 · वि.सं. २०५३

नि.नं. 6260 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

शुरू जिल्ला प्रहरी विशेष अदालतले गरेको निर्णय र त्यस उपरको पुनरावेदन सुन्‍ने निकाय समेतले प्रचलित कानून वमेजिम गरेको फैसलामा चित्त नवुझाई निवेदकले असाधारण क्षेत्राधिकारको प्रयोग गरि रिट क्षेत्रमा प्रवेश गरेको देखियो । तह तह हुंदै प्रमाणको मुल्याङ्कन गरि अधिकार प्राप्त अधिकारीवाट कानून वमोजिम अन्तिम निर्णय भै सकेको अवस्थामा सवुद प्रमाणको मुल्याङ्कन ठीक छ छैन भनी तथ्य भित्र प्रवेश गरि ईन्साफको औचित्यमा असाधारण अधिकार क्षेत्र प्रयोग गरि रिट क्षेत्रवाट हेर्न नमिल्ने । (प्र.नं. १०) कानून उपचार अवलम्बन गरि प्रतिफल आफ्नो पक्षमा नभएको कारणवाट असाधारण अधिकार क्षेत्र प्रवेश गर्न नमिल्ने । (प्र.नं. १०) जिल्ला प्रहरी विशेष अदालत तथा मध्यमन्चल क्षेत्रीय प्रहरी विशेष अदालतको फैसला अधिकार क्षेत्रात्मक त्रुटी भएको भन्ने जिकिर नभएको र कानूनतः भएको फैसला र सो फैसलाको आधारमा अधिकार प्राप्त अधिकारीवाट कानून वमोजिम गरिएको बर्खास्तको निर्णय मा कानूनी त्रुटी नदेखिंदा उक्त निर्णय हरु बदर गरि पाउंभन्ने निवेदन जिकिर मुनासिव नदेखिने । (प्र.नं. १०) मुलुकी (दशौं संशोधन) ऐन, २०५० ले पुनरावेदन तहवाट शुरुको इन्साफ सदर भए वापत शुरूवाट भएको सजायमा थप सजाय गर्ने भन्ने कानूनी व्यवस्थालाई मिति २०५०।९।५ देखि लागू हुने गरि खारेज गरेको देखिन्छ । जवकी मध्यमान्चल क्षेत्रीय प्रहरी विशेष अदालतले शुरूको इन्साफ सदर भए वापत दश प्रतिशत थप सजाय गर्ने गरि मिति २०५०।९।१५ मा निर्णय गरेको पाईन्छ । मुलुकी ऐन अ.बं. २०३ र २०४ नं. खारेज भए पश्चात सोही नम्वरहरुमा भएको कानूनी व्यवस्था अनुसार पुनरावेदन तहवाट थप सजाय गर्ने गरि निर्णय गरेको कानून संगत नदेखिंने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6260
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2053/03/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6260
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्