नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6258 · वि.सं. २०५३
नि.नं. 6258 — मोही प्रमाण पत्र
सिद्धान्त / नजिर सार (Headnote Summary)
पुनरावेदक वादीले भरेको भनिएको मिसिल संलग्न १ नं. लगत र सो वमोजिम प्रकाशित २ नं. अनुसूचीको प्रतिलिपि हेर्दा सम्बन्धित जग्गाको जग्गा धनिमा रमेशचन्द्र भट्टाचार्य, पंच भट्टाचार्य र क्षेत्रफल ०-९-० उल्लेख भएको देखिन आउनुको अतिरिक्त विवादको जग्गा वडा नं. ४ मा रहेकोमा वडा नं. ३ मा अनुसूची प्रकाशित भएको देखिन्छ, यसरी एउटा वडामा जग्गा रहेको र अर्को वडामा २ नं. अनुसूची प्रकाशित भएको स्थितिमा मोहीको प्रमाणपत्र दिन मिल्दैन भनी नि.नं. ४४१९, २०४८ सालको रिट नं. १२६ को उत्प्रेषण बिषयमा श्री सर्वोच्च अदालतवाट सिद्धान्त प्रतिपादन भएको देखिंदा सो प्रकाशित अनुसूचीलाई मान्यता दिन मिलेन । (प्र.नं. ११) एक पटक कारवाही टूंगी सकेको सोही जग्गाको सोही बिषयमा पुनः १ नं. लगत २ नं. अनुसूची र ४ नं. जोताहा निस्सालाई आधार बनाई दिएको फिराद अ.बं. ८५ नं. ले दिन नमिल्ने। (प्र.नं. ११) जग्गा धनि नै नदेखिएका व्यक्तिको नाम १ नं. अनुसुचीमा भरी २ नं. लगत प्रकाशित भएकै कारणले अहिले आएर मोही प्रमाणपत्र पाउनु पर्ने भन्ने पुनरावेदकको कथन नमिल्ने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6258 |
|---|---|
| मुद्दाको विषय | मोही प्रमाण पत्र |
| निर्णय वर्ष / मिति | 2053/09/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6258 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
